Friday, March 8, 2013

परीक्षा आउँदैछ ? त्यसोभए यी कुरा पढ्नुस्

कतिपयको परीक्षाको नाम लिनेबित्तिकै मुटुको धड्कन बढिहाल्छ । यदि परीक्षाका बेला समयको सही व्यवस्थापनको कमी तथा एकाग्रता नभएर हुन तनावको सही समाधान भनेको परीक्षाको पर्याप्त तयारी तथा टेन्सनबाट मुक्त रहनु उत्तम विकल्प हो । परीक्षाको तयारी राम्रो गरेर पनि यदि समयको सही व्यवस्थापन हुन सकेन र तनाव उच्च रहृयो भने नतिजा खराब आउन सक्छ । त्यसैले परीक्षाका बेला तनाव नियन्त्रण गर्न तथा राम्रो रिजल्ट प्राप्त गर्न निम्न उपाय कामयावी हुन्छन्:
-परीक्षाको तयारीका लागि अध्ययन गर्दा एकाग्र भएर पढ्नुहोस् । पढिरहेको बेला बारम्बार उठेर यताउती गर्ने, मोबाइलमा कुरा गर्ने जस्ता काम गरेमा ध्यान अन्तै मोडिन्छ । त्यसैले बरु थोरै समयमात्र पढ्नुस् तर सकेसम्म मोबाइल स्विच अफ गरेर मात्र पढ्न बस्नुस् ।
- परीक्षा नजिकिँदै गएपछि बँचेका थोरै दिनमा हरेक दिन प्रत्येक विषय पढ्ने गर्नुपर्छ । थोरै थोरै भएपनि हरेक विषयका पाठहरु प्रत्येक दिन पढ्नुपर्छ, नत्र एउटा विषय पढ्दा अर्को विषयको कुरा बिर्सिन्छ ।
-परीक्षाको हाउगुजी त्याग्नुहोस् र परीक्षाबाट नडराउनुहोस् । परीक्षामा अप्ठेरो प्रश्न आउँछन् भन्ने मानसिकता त्याग्नुपर्छ । पढेकै पाठबाट जानेकी प्रश्न सोधिन्छ भन्ने आत्मविश्वास राख्नुपर्छ । त्यसैले सोधिनसक्ने प्रश्नको उत्तर लेख्ने अभ्यास पर्याप्त गर्नुपर्छ ।
- प्रायः विद्यार्थीहरु के सोँच्छन् भने कम खाँदा निद्रा लाग्दैन । तर यो सोचाइ गलत हो । पढाइका लागि पर्याप्त खानपिन आवश्यक हुन्छ । पढाइका बेला घरमै तयार गरेको खाना खानुहोस् । होटलमा गएर खाना नखानुहोस्, ताकी
विरामी नहोइयोस् । पर्याप्त पानी तथा अन्य तरल पदार्थ खानुहोस् । साथै पर्याप्त समयसम्म सुत्नुहोस् ।
-पढ्नुको साथै लेख्ने अभ्यास पनि गरिरहनुपर्छ । बजारमा उपलब्ध विभिन्न पुस्तकहरुको सहायता लिएर विषयवस्तुको बारेमा अझ स्पष्टता हासिल गर्न सकिन्छ । पढाइका दौरान पाठको अंक भारलाई ध्यान दिएर उपयुक्त समय छुट्टाउनुपर्छ । यसो गरेमा कम अंकवाला पाठमा बढि समय अल्झिनु पर्दैन ।
- यदि तपाइँ कुनै तनावमा हुनुहुन्छ भने तनाव पालेर नबस्नुहोस् । यो विषयमा अभिभावक, शिक्षक तथा दाजु दिदी वा साथीसँग खुलेर भन्नुहोस् । यसो गर्दा तपाइँको मन हल्का हुन्छ र तनावको विषयवस्तुको समाधानका लागि समेत उपाय निस्कन्छ । यसो गर्दा परीक्षाको बेला अरु तनावका कारण परीक्षा बिग्रने डर कम हुन्छ ।

Sunday, December 9, 2012


जन्तिका निम्तालु मलामी बन्नु परेपछि…

शनिबार बिहान बिहेको जन्ती जान तयार भइरहेकै बेला बेहुलाको मृत्यु भएको प्रत्यक्षदर्शी गाउँलेले बताए । प्रत्यक्षदर्शी स्थानीय भीमबहादुर मगरका अनुसार थुक सर्किएर अप्ठेरो भयो भनेको केही क्षणमै बेहुलाको मृत्यु भएको थियो । उनलाई उपचार गर्न लानसमेत नभ्याएको उनले बताए ।२४ मंसिर, उदयएक युवकको बिहेमा जन्ती जान जम्मा भएका निम्तालुहरु बेहुलाको मृत्यु भएपछि मलामीमा परिणत भएका छन् । उदयपुरको रिस्कु गाविस वडा नम्बर ५ पाट्नेका ३० वर्षीय प्रकाश गुर्वाछाने मगरको विवाह लगनकै दिन मृत्यु भएपछि उनको जन्ती जान भेला भएका निम्तालु मलामीमा परिणत हुन पुगेका हुन्।
नागरिक दैनिकमा छापिएको समाचार अनुसार बिहेको अघिल्लो रातभर साथी र गाउँलेसँगै घरमा नाचगान गरेर रमाइलो गरी बिताएका उनी बिहानपख सुतेका थिए । सकुशल सुतेका मगर बिहान उठेर शौचालय गएर आएपछि खाटमा पुनः पल्टनेवित्तिकै थुक सर्कियो भन्दै अप्ठेरो भएको बताएका थिए। खाटमा सुतेका उनी थुकले सर्क्यो भन्दै छटपटिदै भुइँमा पछारिएपछि घरका मान्छेले उठाएर पुनः खाटमा राखेलगत्तै उनको बोली बन्द भएको थियो। बोली बन्द भएलको केहीबेरमै उनको धुकधुकी बन्द भएको छिमेकी भिमबहादुरले बताए ।
युवकको हृदयघात वा एपेन्डीक्सका कारण मृत्यु भएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन्। बिहेकै दिन बेहुलाको मृत्यु भएपछि जन्ती जान भेला भएका छिमेकी र आफन्तहरु मलामीमा परिणत हुनुपरेको भिमबहादुरले बताए। उनको शनिबारै दाहसंस्कार गरिएको स्थानीयले बताए।
मगरको रिस्कु ४ स्थित देउलीकुनाकी एक युवतिसँग बिहेको कुरा छिनेर जन्ती जाने तयारी भइरहेको थियो ।

Saturday, December 1, 2012


कुकुर बचाउन मालिकले ज्यान फाले

तपाईँले मालिकको रक्षाका लागि कुकुरले आफ्नो ज्यान दिएको त सुन्नु भएकै होला तर, सन फ्रोन्सिस्कोबाट करिव ४ सय ५० किलोमिटर उत्तरस्थित उत्तरी क्यालिफोर्नियाको समुन्द्र तटीय इलाकामा भने ठिक उल्टो भएको छ ।
हावाड्र कुलजायनको परिवार आफ्नो पाल्तु कुकुरका साथ विहानै घुम्न निस्किएको थियो । कुलजायनले आफ्नो लठ्ठी समुन्द्रको छालमा फारे र कुकुरलाई ल्याउन भने । कुकुर लठ्ठी लिन छालतर्फ गएकै बेला अचानक तिब्र गतिमा आएको छालले कुकुरलाई लपेट्यो ।
आफ्नो कुकुर मृत्युको मुखमा पुगेको देखेर कुलजायनका १६ वर्षीय छोरा ग्रेगरी छालतर्फ दौडिए । उनलाई पनि बताएपछि ५४ वर्षीय कुलजायन आफैँ गए । छोरा र पतिलाई बचाउन ५७ वषिर्या मेरी स्कट पनि गए । समुन्द्री तटमा रहेकी कुलजायनकी छोरी ओलिविया र ग्रगरीका साथी आफ्ना परिवारका सदस्य र कुकुर बचाउँदै गरेको हेरेर बस्नु बाहेक केही गर्न सक्ने अवस्थामा थिएनन् ।
कुलजायनको कुकर त केहीबेरपछि नै पानीबाट बाहिर आयो । तर, परिवारका ३ जनाको ज्यान गयो । कुलजायन र उनको श्रीमतीको शव समुद्रमा भेटिएको छ भने ग्रेगरी अझै बेपत्ता रहेको बीबीसीले जनाएको छ ।

घुस लिँदा रंगेहात पक्राउ परेका ५ ट्राफिक निलम्बित

१६ मंसिर, ललितपुर । ललितपूर सानेपामा घुस लिइरहेका बेला रंगेहात पक्राउ परेका पाँच जना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् ।
सानेपामा भारतीय गाडीमा घुस लिइरहेका बेला पक्राउ परेका ट्राफिक प्रहरी हवल्दार गणेशकुमार श्रेष्ठ सहित ५ जनालाई निलम्बन गरिएको महानगरीय प्रहरी ट्राफिक महाशाखाका प्रवक्ता पवन गिरीले जानकारी दिनुभयो । गिरीका अनुसार उनीहरुमाथि थप कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ । महाशाखाका डिआईजी उपेन्द्रकान्त अर्यालले अनुगमनको क्रममा बिहीबार बेलुकी घुस लिइरहेको अवस्थामा उनीहरुलाई रंगेहात पक्रिनुभएको हो ।

Thursday, November 22, 2012


३ लाख जनता जाँच्न एक विशेषज्ञ !


विश्वमा नै नसर्ने रोग अर्थात् मुटु रोगले अहिले नेपालमा पनि आतंक मच्चाइरहेको छ । नेपालकै परिपेक्षमा हेर्ने हो भने ३ लाख जनसंख्यामा १ जना मुटुरोग विशेषज्ञ पर्न आउँछ । अझ गाउँमा पुग्दा कार्डियोलोजिसटको संख्या शून्इ रहेको मुटुरोग विशेषज्ञ तथा धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. राजेन्द्र कोजू वताउनुहुन्छ । यस्तो गम्भीर विषयमा राज्यले कसरी सम्वोधन गर्ने भन्ने वारे चिन्तन गर्नुपर्ने बेला आइसकेको डा कोजू वताउनु हुन्छ ।
उहाँ भन्नुहुन्छ,’झन्डै ३ करोड जनसंख्इा रहेको नेपालमा जम्मा ९२ जना मात्र मुटु रेाग विशेषज्ञ छन् । कुल जनसंख्या मध्ये ३० लाख भन्दा बढि जनता काठमाण्डौ उपत्यकामा मात्र बस्छन् । यी जनसंख्याको वीच ९२ जनामा ६० जना मुटुरोग विशेषज्ञ काठमाण्डौमा बस्छन् । यो संख्यालाई हेर्ने हो भने ४५ हजार जनताका लागि १ जना कार्डिओलोजिस्ट हुन आउँछ । आजको नेपाल समाचार पत्रमा समाचार छ ।
यही संख्यालाई विराटनगर गएर हुर्ने हो भने २ लाख जनसंख्या बराबर १ जना कार्डियोलोजिस्ट भागमा आउँछ । डा कोजू भन्नुहुन्छ,’मुटुरोगको तालिम, जनचेतना र अनुसन्धान वढाउने कार्यमा सरकार लागिपर्नु पर्छ । नेपालभरी १६ लाख भन्दा बढी मुटुका रोगी छन् ।


कैलालीमा काँग्रेस कार्यकर्ताको हत्या


७ मंसिर, कैलाली । कैलालीमा नेपाली काँग्रेसका कार्यकर्ताको हत्या भएको छ । अज्ञात समूहले गएराति १२ बजे मालाखेती-२, का पूर्व गाविस अध्यक्ष समेत रहेका ५५ वर्षीय दिर्घराज भट्टको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
अज्ञात समुह एक्कासी घरभित्र प्रवेश गरी सुतिरहेका भट्टलाई उनकै कोठामा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको भनाई छ । अनुसन्धानका लागि भन्दै प्रहरीले सोही गाउँका  जानकी मलासी तथा उनका छोरा सुरेश, मनोज र महमद महिसरलाई अनुसन्धानका लागि पक्राउ गरेको छ ।
यसअघि  करिव दुई महिना अघि पनि भट्टमाथि आक्रमणको प्रयास भएको थियो । भट्टको शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतला लगिएको प्रहरीले जनाएको छ । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।