Sunday, December 9, 2012


जन्तिका निम्तालु मलामी बन्नु परेपछि…

शनिबार बिहान बिहेको जन्ती जान तयार भइरहेकै बेला बेहुलाको मृत्यु भएको प्रत्यक्षदर्शी गाउँलेले बताए । प्रत्यक्षदर्शी स्थानीय भीमबहादुर मगरका अनुसार थुक सर्किएर अप्ठेरो भयो भनेको केही क्षणमै बेहुलाको मृत्यु भएको थियो । उनलाई उपचार गर्न लानसमेत नभ्याएको उनले बताए ।२४ मंसिर, उदयएक युवकको बिहेमा जन्ती जान जम्मा भएका निम्तालुहरु बेहुलाको मृत्यु भएपछि मलामीमा परिणत भएका छन् । उदयपुरको रिस्कु गाविस वडा नम्बर ५ पाट्नेका ३० वर्षीय प्रकाश गुर्वाछाने मगरको विवाह लगनकै दिन मृत्यु भएपछि उनको जन्ती जान भेला भएका निम्तालु मलामीमा परिणत हुन पुगेका हुन्।
नागरिक दैनिकमा छापिएको समाचार अनुसार बिहेको अघिल्लो रातभर साथी र गाउँलेसँगै घरमा नाचगान गरेर रमाइलो गरी बिताएका उनी बिहानपख सुतेका थिए । सकुशल सुतेका मगर बिहान उठेर शौचालय गएर आएपछि खाटमा पुनः पल्टनेवित्तिकै थुक सर्कियो भन्दै अप्ठेरो भएको बताएका थिए। खाटमा सुतेका उनी थुकले सर्क्यो भन्दै छटपटिदै भुइँमा पछारिएपछि घरका मान्छेले उठाएर पुनः खाटमा राखेलगत्तै उनको बोली बन्द भएको थियो। बोली बन्द भएलको केहीबेरमै उनको धुकधुकी बन्द भएको छिमेकी भिमबहादुरले बताए ।
युवकको हृदयघात वा एपेन्डीक्सका कारण मृत्यु भएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन्। बिहेकै दिन बेहुलाको मृत्यु भएपछि जन्ती जान भेला भएका छिमेकी र आफन्तहरु मलामीमा परिणत हुनुपरेको भिमबहादुरले बताए। उनको शनिबारै दाहसंस्कार गरिएको स्थानीयले बताए।
मगरको रिस्कु ४ स्थित देउलीकुनाकी एक युवतिसँग बिहेको कुरा छिनेर जन्ती जाने तयारी भइरहेको थियो ।

Saturday, December 1, 2012


कुकुर बचाउन मालिकले ज्यान फाले

तपाईँले मालिकको रक्षाका लागि कुकुरले आफ्नो ज्यान दिएको त सुन्नु भएकै होला तर, सन फ्रोन्सिस्कोबाट करिव ४ सय ५० किलोमिटर उत्तरस्थित उत्तरी क्यालिफोर्नियाको समुन्द्र तटीय इलाकामा भने ठिक उल्टो भएको छ ।
हावाड्र कुलजायनको परिवार आफ्नो पाल्तु कुकुरका साथ विहानै घुम्न निस्किएको थियो । कुलजायनले आफ्नो लठ्ठी समुन्द्रको छालमा फारे र कुकुरलाई ल्याउन भने । कुकुर लठ्ठी लिन छालतर्फ गएकै बेला अचानक तिब्र गतिमा आएको छालले कुकुरलाई लपेट्यो ।
आफ्नो कुकुर मृत्युको मुखमा पुगेको देखेर कुलजायनका १६ वर्षीय छोरा ग्रेगरी छालतर्फ दौडिए । उनलाई पनि बताएपछि ५४ वर्षीय कुलजायन आफैँ गए । छोरा र पतिलाई बचाउन ५७ वषिर्या मेरी स्कट पनि गए । समुन्द्री तटमा रहेकी कुलजायनकी छोरी ओलिविया र ग्रगरीका साथी आफ्ना परिवारका सदस्य र कुकुर बचाउँदै गरेको हेरेर बस्नु बाहेक केही गर्न सक्ने अवस्थामा थिएनन् ।
कुलजायनको कुकर त केहीबेरपछि नै पानीबाट बाहिर आयो । तर, परिवारका ३ जनाको ज्यान गयो । कुलजायन र उनको श्रीमतीको शव समुद्रमा भेटिएको छ भने ग्रेगरी अझै बेपत्ता रहेको बीबीसीले जनाएको छ ।

घुस लिँदा रंगेहात पक्राउ परेका ५ ट्राफिक निलम्बित

१६ मंसिर, ललितपुर । ललितपूर सानेपामा घुस लिइरहेका बेला रंगेहात पक्राउ परेका पाँच जना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् ।
सानेपामा भारतीय गाडीमा घुस लिइरहेका बेला पक्राउ परेका ट्राफिक प्रहरी हवल्दार गणेशकुमार श्रेष्ठ सहित ५ जनालाई निलम्बन गरिएको महानगरीय प्रहरी ट्राफिक महाशाखाका प्रवक्ता पवन गिरीले जानकारी दिनुभयो । गिरीका अनुसार उनीहरुमाथि थप कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ । महाशाखाका डिआईजी उपेन्द्रकान्त अर्यालले अनुगमनको क्रममा बिहीबार बेलुकी घुस लिइरहेको अवस्थामा उनीहरुलाई रंगेहात पक्रिनुभएको हो ।

Thursday, November 22, 2012


३ लाख जनता जाँच्न एक विशेषज्ञ !


विश्वमा नै नसर्ने रोग अर्थात् मुटु रोगले अहिले नेपालमा पनि आतंक मच्चाइरहेको छ । नेपालकै परिपेक्षमा हेर्ने हो भने ३ लाख जनसंख्यामा १ जना मुटुरोग विशेषज्ञ पर्न आउँछ । अझ गाउँमा पुग्दा कार्डियोलोजिसटको संख्या शून्इ रहेको मुटुरोग विशेषज्ञ तथा धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. राजेन्द्र कोजू वताउनुहुन्छ । यस्तो गम्भीर विषयमा राज्यले कसरी सम्वोधन गर्ने भन्ने वारे चिन्तन गर्नुपर्ने बेला आइसकेको डा कोजू वताउनु हुन्छ ।
उहाँ भन्नुहुन्छ,’झन्डै ३ करोड जनसंख्इा रहेको नेपालमा जम्मा ९२ जना मात्र मुटु रेाग विशेषज्ञ छन् । कुल जनसंख्या मध्ये ३० लाख भन्दा बढि जनता काठमाण्डौ उपत्यकामा मात्र बस्छन् । यी जनसंख्याको वीच ९२ जनामा ६० जना मुटुरोग विशेषज्ञ काठमाण्डौमा बस्छन् । यो संख्यालाई हेर्ने हो भने ४५ हजार जनताका लागि १ जना कार्डिओलोजिस्ट हुन आउँछ । आजको नेपाल समाचार पत्रमा समाचार छ ।
यही संख्यालाई विराटनगर गएर हुर्ने हो भने २ लाख जनसंख्या बराबर १ जना कार्डियोलोजिस्ट भागमा आउँछ । डा कोजू भन्नुहुन्छ,’मुटुरोगको तालिम, जनचेतना र अनुसन्धान वढाउने कार्यमा सरकार लागिपर्नु पर्छ । नेपालभरी १६ लाख भन्दा बढी मुटुका रोगी छन् ।


कैलालीमा काँग्रेस कार्यकर्ताको हत्या


७ मंसिर, कैलाली । कैलालीमा नेपाली काँग्रेसका कार्यकर्ताको हत्या भएको छ । अज्ञात समूहले गएराति १२ बजे मालाखेती-२, का पूर्व गाविस अध्यक्ष समेत रहेका ५५ वर्षीय दिर्घराज भट्टको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
अज्ञात समुह एक्कासी घरभित्र प्रवेश गरी सुतिरहेका भट्टलाई उनकै कोठामा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको भनाई छ । अनुसन्धानका लागि भन्दै प्रहरीले सोही गाउँका  जानकी मलासी तथा उनका छोरा सुरेश, मनोज र महमद महिसरलाई अनुसन्धानका लागि पक्राउ गरेको छ ।
यसअघि  करिव दुई महिना अघि पनि भट्टमाथि आक्रमणको प्रयास भएको थियो । भट्टको शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतला लगिएको प्रहरीले जनाएको छ । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राई नेतृत्वको जनजाति पार्टीको घोषणा आज


एमाले र काँग्रेस परित्याग गरेका जनजाति नेताहरूले बिहीबार अशोक राईको अध्यक्षतामा ‘संघीय समाजवादी पार्टी’को घोषणा हुँदैछ । विहीवार नेपाः बैङ्कवेट नयाँ बजारमा दिउँसो १२ बजे पत्रकार सम्मेलन गरी नयाँ पार्टीको नेतृत्व, विधान र झण्डा सार्वजननिक गर्न लागिएको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
एमाले काँग्रेस लगायतका पार्टी परित्याग गरेका नेताहरुसँग वार्ता जारी नै रहेकाले थप पदाधिकारीहरुको टुंगो लाग्न बाँकी रहेको श्रेष्ठले वताउनुभयो । पार्टी घोषणा कार्यक्रममा काँग्रेस परित्याग गरेका जनजाती नेताहरु समेत सहभागी हुने वताइएको छ । पूर्व कांग्रेसी नेतालाई पार्टीमा दोस्रो पद दिने तयारी भएको वताइएको छ ।
एमाले परित्याग गरेका नेताहरुको बाहुल्यता रहने नयाँ पार्टीमा पूर्व कांग्रेस र नेकपा एकीकृतका पनि नेताहरु सहभागी हुने बताइएको छ । नेता श्रेष्ठका अनुसार पूर्व सांसद दूर्गामणि देवानको नेतृत्वमा २५ भन्दा बढी नेता आउने पक्का भएको छ भने नेकपा एकीकृतबाट राधा तिमल्सिनासहितका नेताहरु सहभागी हुनेछन् ।सैद्धान्तिक विवादका कारण चैतन्य सुब्बा नेतृत्वको जनजाति अगुवा र कुमार राईसहितका कांग्रेस त्यागेका नेताहरु भने सहभागी नहुने भएका छन् ।

Wednesday, November 21, 2012


गङ्गारामका छोराछोरी पढाउने जिम्मा माओवादीले लियो

शिक्षामन्त्री दीनानाथ शर्मालाई स्वागत गरेर फर्किने क्रममा दुर्घटनामा ज्यान गुमाउन पुगेका गङ्गारामका छोराछोरीलाई पढाउने जिम्मा एमाओवादी सिरहाले लिएको छ ।पिप्रा प्रपी-४ घर भएका मृतक माओवादी कार्यकर्ता गङ्गारामका दुई छोरा, एक छोरी र श्रीमती छन् । माओवादीका मिथिला मधेस राज्य संयोजक तथा केन्द्रीय पोलिटब्यूरो सदस्य विश्वनाथ साह, प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका केन्द्रीय सदस्य रामरिझन यादवलगायतका नेताहरु मृतक गङ्गारामको घरमै पुगेर उहाँको छोराछोरीलाई पढाउने प्रतिबद्धता जनाएका हुन् ।
मृतक गङ्गारामको किरियाकर्म खर्चका लागि तत्काल रु १० हजार सहयोग स्वरुप प्रदान गरेको एमाओवादी सिरहाका सहसेक्रेटरी जिवछ यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो- “हामीले सक्दो सहयोग निरन्तर गरिरहने छौँ ।”गङ्गारामको गत आइतबार सिरहा चौहर्वा सडकखण्डको नहरामा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । शिक्षामन्त्री दीनानाथ शर्मालाई बन्दीपुरमा स्वागत गरेर फर्किने क्रममा उनी दुर्घटनामा परेका थिए ।

मेलम्ची खानेपानी आयोजना २०७२ सम्म सम्पन्न हुने

 ५ मंसिर, काठमाण्डौ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना २०७२ साल फागुनसम्म सम्पन्न गर्ने संशोधित नयाँ कार्ययोजना सार्वजनिक भएको छ  । राष्ट्रिय गौरवको उक्त आयोजनाको मुख्य काम २७.५ किलोमिटर लामो सुरुङ र इन्टेक निर्माणको ठेक्का चाइना रेलवे १५ ब्यूरो ग्रुपसँगको करार सम्झौता रद्द भएपछि संशोधित नयाँ कार्ययोजना केही दिनअघि सार्वजनिक गरिएको हो । आयोजना कार्यान्वयनको जिम्मेवारी पाएको मेलम्ची खानेपानी आपूर्ति विकास बोर्डले सुरुङ र इन्टेक निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय बोलपत्र तयार गरिसकेको छ भने यसैसाताभित्र बोलपत्र आहृवान गर्ने भएको छ । आगामी पुसको अन्त्यसम्ममा सुरुङ र इन्टेक निर्माणको काम प्रारम्भ गर्ने गरी आउँदो शुक्रबारसम्ममा अन्तर्राष्ट्रिय बोलपत्र आहृवान गरिने आयोजनाका निमित्त कार्यकारी निर्देशक घनश्याम भट्टराईले बताउनुभयो ।
 एक दुईदिनभित्र हुने बोर्ड बैठकले विस्तृत कार्यविवरणसहितको बोलपत्र प्रकाशन गर्ने जानकारी दिँदै उहाँले सरकारले उच्च प्राथमिकता दिएको मेलम्ची आयोजनाको काम युद्धस्तरमा अघि बढ्ने दाबी गर्नुभयो । पुस मसान्तभित्र सुरुङ खन्ने लक्ष्य रहेको तथा चाइना रेलवे ग्रुपले पूरा गरेको स्थानबाट नयाँ काम सुरु हुने जानकारी दिँदै उहाँले आयोजनाको परामर्शदातासँग आज छलफल गरी निर्माणसम्बन्धी सबै विषय टुङ्ग्याइने बताउनुभयो । चाइना रेलवे ग्रुपले ६.५ किलोमिटर सुरुङ खनिसकेको छ ।
 दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्ने लक्ष्य रहेको उक्त आयोजनामा ४६ करोड ४० लाख अमेरिकी डलरभन्दा बढी रकम लाग्ने अनुमान गरिएको छ । सुरुङ र इन्टेक निर्माणका लागि मात्र करिब १० करोड डलर खर्च हुने बोर्डले जनाएको छ । आयोजनाका लागि सर्वाधिक रकम सहुलियतपूर्ण ऋणस्वरुप प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको एसियाली विकास बैंकले जुनसुकै हालतमा काठमाडौँवासीको खानेपानीको समस्या समाधान गर्न आयोजनालाई सम्पन्न गरेरै छाड्ने बताउँदै आएको छ ।
 सुरुङ बनाउने ठेक्का पाउने कम्पनीले बोनस प्राप्त गर्ने गरी काम गरेमा २०७२ को भदौसम्ममा राजधानीमा मेलम्चीको पानी ल्याउन सकिनेछ । विस २०७१ भित्र आयोजना पूरा गर्ने लक्ष्यका साथ काम अघि बढाइएको भए पनि चाइना रेल्वे कम्पनीले लागत बढेको भन्दै बारम्बार रकम माग गरेपछि सरकारले बाध्य भई करार रद्द गर्नुपरेको थियो । त्यसअघि स्थानीयवासीको व्यवधानका कारण २०७० मा पूरा गर्ने योजनाका साथ थालिएको परियोजना प्रभावित भएको थियो । त्यसपछि सरकारले २०७१ भित्र परियोजना सम्पन्न गर्ने संशोधित कार्ययोजना सार्वजनिक गरेको थियो ।
 पूर्वाधार विकास, सामाजिक एवम् वातवरणीय सहयोग, संस्थागत सुधार र परियोजना कार्यान्वयनका लागि सर्वाधिक लगानी एसियाली विकास बैंकले १२ करोड, सरकारले ११ करोड ८० लाख, विश्व बैंकको आठ करोड, जापान बैंक फर इन्टरनेसनल कोअपरेसनको पाँच करोड २० लाख, नर्वेली विकास सहयोग संस्था -नोराड) ले दुई करोड ८० लाख अमेरिकी डलर प्रदान गर्न सहमति जनाइसकेका छन् । त्यसैगरी स्विडिस विकास सहयोग नियोग -सिडा), जापानी अन्तर्राष्ट्रिय सहयोग संस्था -जाइका)ले क्रमशः दुई करोड ५० लाख र एक करोड असी लाख, अन्तर्राष्ट्रिय विकासका लागि पेट्रोलियम निर्यातक मुलुकहरूको सङ्गठन कोष -आइफाड/ओपक)ले एक करोड ४० लाख, नर्डिक डेभलपमेन्ट फन्डले ९० लाख डलर उपलब्ध गराउने छन् ।

परोपकारी कोषका लागि लण्डनमा शुभकामना साँझ

हेल्प नेपाल नेटवर्कको १० करोड परोपकारी अक्षयकोष सहयोगार्थ’हेल्पिङ हृयान्ड्स इन होउन्स्लो युकेले आयोजनामा भएको देउसी भैलो शुभकामना साँझ सम्पन्न भएको छ ।समितिका अध्यक्ष रामजी प्रसाद बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी एनआरएन युकेका अध्यक्ष कुल आचार्य , बिशिष्ट अतिथी हेल्प नेपाल नेटवर्कका मिडिया प्रमुख भगीरथ योगी, अतिथी चिरन्जिबी ढकाल, बरिष्ठ पत्रकार शशी पौडेल, शान्ता बिनोद लामिछाने ,एम्पल इन्स्टिच्युका प्रमोद अधिकारी लगायतका अतिथीको साथमा दर्शकको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रम आयोजकका तर्फबाट बोल्दै मोहनराज बरालले मन बचन र कर्मले सहयोग गर्नु हुने उपस्थित सबैलाई धन्यवाद ब्यक्त गर्नु भयो । मात्र सुसेलेको भरमा यती धेरै सहयोगी मनहरुको भेलालाई अरु बृहतरुपमा अगाडि लैजाने समेत बताउनुभयो । देउसी भइलोबाट सुरु गरिएको साँस्कृतिक कार्यक्रममा गायक अभिनाश घिसिङ,सुजन पराजुली , किरण रमन डङ्गोलको प्रस्तुतीले दर्शकको मन छुन सफल रहृयो भने बिकास अधिकारी , जगत गुरुङ , बिनिता गुरुङ र साथीहरुको नृत्यले सबैको ध्यान केन्द्रीत गराएको थियो । कार्यक्रमवाट संकलित करिब १ लाख ५० हजार रुपैयाँ हेल्प नेपाल नेटवर्कलाई एक कार्यक्रमका बीच हस्तान्तरण गर्ने कार्यक्रम रहेको आर्थिक संयोजक भिम कुमार श्रेष्ठले बताउनु भयो ।
हेल्प नेपाल नेटवर्कका सल्लाहकार तथा समाजसेबी चिरन्जिबी ढकालले युवाहरुको पहलमा गरिएको यस प्रकारको कार्यक्रम बेलायतमा नै पहिलो र उदाहरणिय बन्न सफल भएको बताउनु भयो । कार्यक्रममा बरिष्ठ पत्रकार शशी पौडेलले युवाहरुलाई समेट्न हेल्पिङ हृयान्ड्स होउन्स्लोको प्रयासलाई सम्मान गर्दै, सुरु देखिनै संस्थालाई अनुशाशित र प्रजातान्त्रिक ढंगले चलाउनु पर्ने सुझाव दिनुभयो । कार्यक्रमका बिशिष्ट अतिथी हेल्प नेपाल नेटवर्कका मिडिया प्रमुख भगीरथ योगीले हेल्प नेपाल नेटवर्कले नेपालको सामाजिक बिकासमा पुर्‍याएको महत्वपूर्ण भूमिकाको बारेमा उल्लेख गरिएको बृतचित्र समेत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको औपचारिक समापन गर्दै सभापति रामजी बरालले परोपकारी काममा युवाहरुको संलग्नता अरु प्रभाबकारी रुपमा अगाडि बढाइने बताउनु भयो ।

आयो ८ महिनालाई साढे तीन खर्बको बजेट

प्रमुख विपक्षी दलहरूको विरोधबीच सरकारले गत वर्षकै कार्यक्रम राखेर ३ खर्ब ५१ अर्ब ९३ करोड ६७ लाख रुपैयाँको बजेट मंगलबार सार्वजनिक गरेको छ। यो गत असार ३१ मा ल्याएको एक तृतीयांश बजेटसहितको रकम हो।मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले पारित गरी प्रधानमन्त्री बाबुराम भट्टराईले पेस गरेको बजेट राष्ट्रपति डा. रामवरण यादवले स्वीकृत गर्नु भएको हो । यो चालु आर्थिक वर्षको बाँकी आठ महिनाका लागि ल्याएको दुई तिहाइ बजेट हो। सरकारले गत वर्षको बजेटमा भएको यथार्थ खर्चअनुरुप यो बजेट ल्याएको हो। यसमा कुनै नयाँ कार्यक्रम समावेश छैनन्।
सेवा र कार्यहरूका लागि सञ्चित कोषबाट रकम झिक्ने तथा विनियोजन गरी खर्च गर्ने अधिकारको व्यवस्था गर्ने अध्यादेश २०६९ लाई राष्ट्रपतिले स्वीकृत गरेपछि सरकारले साढे तीन खर्ब बजेट खर्च गर्ने अख्तियारी पाएको हो। यो बजेटमध्ये ५१ अर्ब २९ करोड ५७ लाख रुपैयाँ सञ्चित कोषमाथि व्ययभार हुने र ३ खर्ब ६४ करोड १० लाख रुपैयाँ सञ्चित कोषबाट खर्च गरिनेछ।बजेटमा चालुतर्फ २ खर्ब ४६ अर्ब ८७ करोड रुपैयाँ र पुँजीगततर्फ ५१ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरिएको छ। यसैगरी वित्तीय व्यवस्थातर्फ ५३ अर्ब ७१ करोड ९५ लाख राखिएको छ।
 अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्दै राजस्व संकलन र वैदेशिक ऋण एवं अनुदान लिएर बजेट सञ्चालन गर्नुपर्ने अवस्था आएको बताउनुभयो । आजको नागरिक दैनिकले समाचार छापेको छ । सरकारले आन्तरिक ऋण भने उठाउन पाउने छैन।’सरकारले सहमतिमा पूर्ण बजेट ल्याउन गरेका सबै प्रयास विपक्षी दलका कारण असफल भए,’ अर्थ मन्त्रालयमा आयोजित कार्यव|mममा पुनले भने, ‘पूर्ण बजेटको अभावमा अर्थतन्त्रमा पैदा हुने गतिहीनतालाई यो अध्यादेशले केही हदसम्म हटाउनेछ।’
पुराना सरकारले ल्याएको बजेटलाई चौध महिनासम्म बोकेर हिँडेका बताउँदै पुनले भन्नुभयो, ‘दलहरूको अवरोधका कारण ल्याएको दुई तिहाइ बजेटमा सरकार सन्तुष्ट छैन।’ उनले थप एक तृतीयांश बजेट र दुई तिहाइ बजेट ल्याउनुमा तात्विक भिन्नता नभएको बताए।बजेटमा चुनावका लागि ३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, सरकारले राष्ट्रिय गौरवका परियोजनाहरूलाई महघघडव दिँदै पर्याप्त बजेट राखेको उनले जानकारी दिए। मध्यपहाडी लोकमार्ग, फास्टट्र्याक, भेरी बबई सिँचाइ आयोजना, सिक्टा सिँचाइ, काठमाडौं उपत्यका लगायत सहरी सडकजस्ता आयोजनाका लागि पर्याप्त बजेट राखेको छु,’ उहाँले भन्नभयो ।
बजेटमार्फत पुराना आयोजनालाई निरन्तरता दिँदै सरकारले प्रत्येक वर्ष नयाँ योजना समेट्नुपर्ने हो, तर त्यसो हुन सकेको छैन। राजनीति र आर्थिक एजेन्डालाई एउटै टोकरीमा राख्ने प्रवृत्तिले यस्तो अवस्था आएको हो।नयाँ कार्यक्रम राखेर बजेट नआउँदा निजी क्षेत्र पनि लगानी गर्न अन्योलमा छ।

Tuesday, November 13, 2012


अब ऋणको ब्याज तिर्दा ‘बार्गेनिङ’ गर्न पाइने

२८ कात्तिक, काठमाण्डौ । बैँकहरुले ग्राहकवाट असुल्ने ब्याजलाई परदर्शी बनाउन राष्ट्र बैँकले आधारम ब्याज दर अबधारणा लागू गरेको छ । निक्षेप र कर्जा दुवैको ब्याजदरलाई आवश्यक स्थानमा राख्ने ब्याजदर सुरुङ ल्याउने तयारी थालेपनि राष्ट्र बैँकले कर्जालाई मात्र पारदर्शी बनाउने दरको सूत्र सार्वजनिक गरेको हो । आधार ब्याजदरको सूत्र अनुसार बैँकहरुलेऋण दिँदा ग्राहकवाट लिने न्यूनतम ब्याजदर निस्कन्छ, जसलाई हेरेर ग्राहकले आफू अनुकुल सस्तो ब्याज दिने बैँकवाट ऋण लिन सक्छन् ।
आधार ब्याज दर सार्वजनिक भएपछि वैँकलाई कम नाफा लिएर ऋण दिन दबाब पर्नेछ, जसका कारण बैँकको नाफा घट्ने देखिएको छ । निर्देशन अनुसार बैँकहरुले आधार ब्याजदर प्रकाशन गर्नुपर्छ,’ राष्ट्र बैँकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने,’यो नयाँ प्रणालीअनुसार बैँकहरुले कति ब्याजमा ऋण दिन सक्छन् भन्ने ग्राहकले थापा हाउने छन् ।’ आजको कान्त्िपुर दैनिकले छापेको छ । हाल बैँकहरुले आफूले दिन सक्ने न्यूनतम ब्याजदर प्रकाशन गर्दैनन् ।
बैँकले लिएको रकम र त्यसमा हुने विभिन्न खर्च समेटेर आधार ब्याजदर निकाल्न्िछ । आधार ब्याजदरको सुत्रमा कोषको लागत, अनिवार्य नगद मौज्दात, बैधानिक तरलत अनुपात, सञ्चालन  लागत र सम्पत्तिमा प्रतिफल राखिएको छ । सुत्र अनुसार बाणिज्य बैँकले महिानको एक पटक आधार ब्याजदरलाई आफ्नो वेबसाइटमा प्रकाशन गर्नुपर्ने छ ।

तिहारमा सित्तैमा बाड्न फूल खेती

२८ कात्तिक, दोलखा । दुःख कुष्टमा जीवन गुजारा गर्ने उत्तरी दुर्गम झ्याकुकी सुनीतालाई हरेक तिहारमा गाउँलेलाई फूल बाड्ने सोख छ । त्यसैले उनी आँगन र बारीका कान्लाहरुमा फूल खेती गर्छिन् । तेह्र बर्षकी सुनीता कार्कीको आफ्नो जीवन भने कहाली लाग्दो छ तर तिहारमा अरुको घरमा खुसी ल्याउन हरेक वर्ष गाउँलेका लागि फूल रोप्न उनलाई जाँगर लाग्छ । झ्याकु ३ की उनी वृद्ध हजुरबा र हजुरआमाको सहारमा छिन् ।
टुहुरासरह जीवन गुजारा गर्ने उनका दाजु परदेशमा छन् । ‘आफ्नो घरमा तिहारको खुसी नआए पनि अरुका लागि फूल स्याहार्दै छु,’मलिन अनुहारमा भनिन् । बिहे भएर गएकी दिदीले पठाइदिएको खर्चमा पढ्ने र खानका लागि खेती र सहयोगको भर पर्नुपर्ने उनको घर वरपर अहिले बगैँचाजस्तै आकर्षक छ ।ढुंगामाटाका दुई गते घरभित्र जति दुःख भएपनि बाहिरी वातावरण भने सुन्दर लाग्छन् । पीडाका वीच पनि फूल लिन आउनेहरुलाई सुनीता त्यसै दिएर पठाउँछिन् । सुनीता भन्छिन्,’ गाउँका धेरै आउँछन् तर कसैसंग पनि पैसा लिन्न ।’ आजको कान्तिपुर दैनिकले समाचार छापेको छ । गोदावरी, मखमली, पुपारी फूलहरुले सानो घर वरपर बसुँबसुँ लाग्छ ।
कोदो फलेको बारीका कान्लाभरि फूल फुलेका छन् । एकपटक लगाएर सामान्य गोडमेल गरेपछि धेरै फूल आफै उम्रेर फूल्छन् । सुनीताको भनाईमा केही केहीभने फेरि रोप्नुपर्छ । कक्ष सातमा पढ्दै गरेकी सुनीता बिहान बेलुकी भान्छाको काम गर्छिन । स्कुल नगएका बेला मेलापात समेत गर्नुपर्छ । बृद्ध बाजेबज्यैको स्याहार्ने काम पनि उनकै थाप्लामा छ । आमा अर्कै ब्यक्तिसंग बिहे गरी गएपछि सुनीताले भेटेकी छैनन् ।

यसरी गरे एमाओवादी र सरकार बजेट ल्याउन दौडधूप

 २८ कात्तिक, काठमाण्डौ । सत्तारूढ गठबन्धन र विपक्षी दलहरूबीच सहमति नजुटेपछि बजेट अन्योलमा परेको छ । सत्तारूढ गठबन्धनले दलहरूबीच सहमति नजुटे पनि सोमबार बजेट ल्याउने निर्णय गरेको थियो । तर, कांग्रेस, एमालेलगायत विपक्षी दलहरूको असहमति र राष्ट्रपतिको आग्रहपछि अन्तिम अवस्थामा सरकार पछि हटेको हो ।
बजेट ल्याउन सत्तारूढ दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले अन्तिम अवस्थासम्म दौडधुप गरेका थिए । अध्यक्ष दाहालले सोमबार कांग्रेस र एमालेका शीर्ष नेतासँग बजेटको विषयमा छलफल गरेको थियो भने अर्थमन्त्री वर्षमान पुनले राष्ट्रपति रामवरण यादवसँगको भेटवार्ता गरेका थिए । अर्थमन्त्री पुनले राष्ट्रपति यादवसँग भेटवार्ता गरेपछि सहमतिका लागि थप पहल गर्ने भन्दै सोमबार ३ बजेका लागि डाकिएको मन्त्रिपरिषद् बैठक स्थगन गरिएको थियो । राष्ट्रपतिसँगको भेटमा सहमतिमा मात्र बजेट ल्याउन आग्रह गरिएको र शीर्षस्थ तीन दलका नेताहरूको बैठकमा समेत सहमति जुट्न नसकेपछि सहमतिमा बजेट ल्याउने आशयका साथ सरकार पछाडि हटेको हो ।आजको सौर्य दैनिकमा समाचार छ ।
 सत्तारूढ गठबन्धनले सोमबार जसरी भए पनि बजेट ल्याउने तयारी गरेको थियो । मन्त्रिपरिषद्को बैठक पनि ३ बजेका लागि तय भइसकेको थियो । त्यसअघि बजेटबारे अर्थमन्त्री वर्षमान पुन र प्रधानमन्त्री डा। बाबुराम भट्टराईबीच छलफल भएको थियो । करिब साढे ४ खर्ब रुपियाँको बजेटको तयारी अर्थ मन्त्रालयले गरिसकेको थियो । आसन्न चुनावका लागि करिब १० अर्ब, मल अनुदानस्वरूप ३ अर्ब, मध्यपहाडी लोकमार्गका लागि २ अर्ब, सिक्टा सिंचाइका लागि १ अर्ब रुपियाँसहितको बजेट ल्याउने तयारी प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा अर्थ मन्त्रालयले गरेको थियो । अर्थमन्त्री वर्षमान पुनले सोमबार दिउँसो १ बजे राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङसमेत गरे पनि ३ बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठकबाट पारित गराउने कार्यक्रम नै स्थगन गरिएको हो । सरकारले ३ बजेको मन्त्रिपरिषद् बैठकबाट बजेट पारित गरेर राष्ट्रपतिलाई बुझाउने तयारी गरेको थियो ।
यसअघि माओवादीले नै प्रधानमन्त्री र अर्थमन्त्रीलाई तिहारअघि नै बजेट ल्याउन निर्देशन दिएको थियो ।त्यसलगत्तै शनिबार सत्तारूढ दलहरूको गठबन्धनले सोमबारसम्म बजेटमा सहमति जुटाउन पहल गर्ने र सहमति भए पनि नभए पनि सोमबार नै मन्त्रिपरिषद् बैठकले बजेट पारित गरी राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको थियो । सत्तारूढ दलहरूको तयारीअनुरूप नै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेतृत्वलाई बजेटबारे छलफल गर्न बोलाएका थिए । तर, कांग्रेस-एमालेले बजेटका विषयमा मात्रै छलफल नगर्ने भन्दै दाहालले बोलाएको बैठक बहिष्कार गरेका थिए । सोमबार पनि अध्यक्ष दाहाल र अर्थमन्त्री वर्षमान पुनले अन्तिम अवस्थासम्म सहमतिका लागि दौडधुप गरेका थिए । तर, सहमति नजुटेपछि एमाओवादी पछि हटेको थियो ।

टेलिकमको द्रुत गतिको इन्टरनेट सेवा वाइम्यक्स सञ्चालनमा

२७ कात्तिक, काठमाण्डौ । नेपाल टेलिकमले द्रुत गतिको ताररहित इन्टरनेट सेवा वाइम्यक्स सोमवारवाट सञ्चालनमा ल्याएको छ । वाइम्याक्स नेपालमा उपलब्ध इन्टरनेट सेवा मध्ये सवैभन्दा उच्च गतिको इन्टरनेट सेवा भएको टेलिकमको दावी छ । २ सय ५६ किलो बिट प्रतिसेकेन्ड स्पिडमा इन्टरनेट चलाउन मिल्ने यो सेवा युएसबी मोडेमको प्रयोगबाट एक जनाले डेक्सडप र ल्यापटममा चलाउन सकिन्छ भने इनडोर र आउटडोर  सिपिईको प्रयोगबाट धेरै जनाले प्रयोग गर्न सक्छन् ।
टेलिकमले प्रारम्भिक चरणमा वाइम्याक्स सेवा राजधानीका  व्यापारिक प्रतिष्ठान, अस्पताल, शैक्षिक तथा बित्तीय संस्था, कुटनीतिक नियोग, सरकारी एवम् गैरसरकारी  निकायलाई मात्र वितरण गर्ने  जनाएको छ । टेलिकमले वाइम्याक्स सेवा सुरु गर्न गत फागुनमा अमेरिकी कम्पनी  एअर स्पानसँग सम्झौता गरेको थियो ।
यस्तै यो सेवा पश्चिम क्षेत्र अन्तर्गतको पोखरा र भैरहवामा सेवा सञ्चालन गर्ने र सेवा प्रारम्भ गरेको एक वर्ष भित्र मुलुकभर सेवा पुर्‍याउने टेलिकमको लक्ष्य छ । टेलिकमले विश्वविद्यालय, अस्पताल, रेष्टुरेन्ट, एयरपोर्ट, पार्क, सपिङ्ग मल, वसपार्क, तथा पर्यटकहरुको आवतजावत वढी हुने क्षेत्रहरुको पहिचान गरी करिब १५ सय स्थानमा बाइफाइ हटस्पट निर्माण गरिने बताएको छ ।

विमानस्थलमा हवाई सूचना प्राप्त गर्ने नयाँ प्रविधि जडान

२७ कात्तिक, काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इन्टरनेटको माध्यमबाट सम्पूर्ण हवाईसम्बन्धी सूचना आदानप्रदान गर्न सकिने एयर ट्राफिक सेवा सन्देश परिचालित (एएमएचएस) प्रणाली र नयाँ उडान योजना, २०१२ को आज शुभारम्भ गरिएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयले सन् २००० मा जडान गरिएको पुरानो प्रविधिको प्रणालीलाई अन्तर्राष्ट्रिय नागरिक उडड्यन सङ्गठन -आइकाउ) एसिया प्रान्त क्षेत्रीय हवाई उडड्यन योजनाअनुरुप सो प्रणाली स्थापना गरिएको हो । यो प्रणालीलाई ‘एटिएस म्यासेज हृयान्डलिङ सिस्टम’ नामाकरण गरिएको छ । एयरवेज अन्तर्राष्ट्रिय न्युजिल्यान्डको सहयोगमा नमुना र विस्तृतीकरण गरी अन्तर्राष्ट्रिय बोलपत्रका आधारमा रु ९ करोडको लागतमा सो प्रणाली जडान गरिएको सोमवार राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइएको छ ।
आइकाउले नोभेम्बर १५ सम्ममा यो प्रणाली जडान गरिसक्न हवाई उड्डयन प्राधिकरणलाई परिपत्रसहितको निर्देशन दिएको थियो । जसअनुसार पुरानो प्रविधिलाई प्रतिस्थापन गरी यो प्रणालीलाई जडान गरिएको हो । नेपालको हवाई सञ्जाललाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्नका लागि यो प्रविधि कोशेढुङ्गा सावित हुने र यो प्रविधिमार्फत भारतको मुम्बई र चीनका बेइजिङसँग सिधै सम्पर्क कायम गरी हवाई उडानसम्बन्धी सम्पूर्ण सूचनाको आदानप्रदान गर्न सकिनेछ ।
यो प्रविधिमा आइकाउबाट निर्देशित नयाँ उडान योजना, २०१२ अनुरुप सञ्चालन क्षमता रहेको, एयर ट्राफिक नियन्त्रणका लागि आवश्यक पर्ने उडान स्टि्रपहरु स्वचालितरुपमा सुविधा उपलब्ध भएको, मौसमलगायतका जानकारी सहजरुपमा प्राप्त गर्न सकिनेछ । त्यस्तै, मुलुकका आन्तरिक दशवटा विमानस्थलहरुसँगको सञ्जाललाई पनि यो प्रविधिले जोड्ने छ । सो प्रणालीको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री पोष्टबहादुर बोगटीले अहिलेको युग सूचना र प्रविधिको युग भएकाले नयाँ नयाँ प्रविधिलाई आत्मसात् गर्दै हवाई उडानलाई सुरक्षित र विश्वसनीय तथा भरपर्दो बनाउने प्रयास भइरहेको बताउनुभयो ।
उहाँले हवाई उडड्यन क्षेत्र प्राविधिक र प्रविधिसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्र भएकाले यस क्षेत्रमा नयाँ नयाँ प्रविधिहरुको प्रयोग हुनु स्वभाविक भएको उल्लेख गर्नुभयो । सो मन्त्रालयका सचिव यज्ञप्रसाद गौतमले पुरानो प्रविधिलाई छाडेर नयाँ प्रविधिलाई आत्मसात् गर्दै दक्ष प्राविधिक र जनशक्तिका साथ काम गर्नुपर्ने आवश्यकता औँँल्याउनुभयो । हवाई विभागका महानिर्देशक त्रिरत्न मानन्धरले चार वर्षको अथक प्रयासमा उच्चस्तरीय नयाँ सूचना प्रविधिको स्थापना गराउन प्राधिकरणका कर्मचारीहरुको प्रयासमा सफलता मिलेकोमा खुशी व्यक्त गर्नुभयो ।
सो अवसरमा प्राधिकरणका उपनिर्देशक हंशराज पाण्डे, प्राधिकरणका इन्जिनियर सञ्जिवसिंह कठायत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका महाप्रबन्धक रतिशचन्द्रलाल सुमनलगायतले जडान गरिएको नयाँ प्रविधिका बारेमा विस्तृत व्याख्या गर्नुभएको थियो । नेपालको हवाई सेवा भ्वाइस रेकर्ड प्रणाली, डाटा प्रणाली हुँदै अहिलेेको प्रविधिमा पुगेको हो । नेपालले हवाई सेवासम्बन्धी कोलकाता हुँदै मुम्बईबाट मात्र अन्तर्राष्ट्रिय हवाई उडानका बारेमा जानकारी प्राप्त गर्दै आएकोमा अब नयाँ प्रविधिको जडानपछि चीनको बेइजिङबाट समेत सहजरुपमा यस किसिमका सूचनाहरु प्राप्त हुनेछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वर्षेणी ४३ लाख व्यक्तिहरुले हवाई सेवा प्राप्त गरिरहेका छन् भने अहिले वाषिर्क यो विमानस्थलमा एकलाख दुई हजार हवाई उडान हुँदै आएका छन् । सो विमानस्थलमा दैनिक १८ घण्टासम्म सञ्चालन रहने र औषत प्रति डेढ मिनेटमा एउटा उडान हुने गर्दछ ।

मंगलवारदेखि तीन दिन मुलुकभर २४ सै घण्टा विजुली !

२७ कात्तिक, काठमाण्डौ । मंगलवारवाट तीन दिन मुलुकभर लोडसेडिङ नहुने भएको छ । उज्यालो पर्वका रुपमा लिएको तिहारलाई मध्यनगर गर्दै नेपाल विद्युत प्राधिकरणले तिहारको प्रमुख तीन दिन लक्ष्मी पूजा, गोवर्धन पूजा र भाइटीकाको दिन लोडसेडिङ नगर्ने भएको हो ।
कुलेखानी जलाशयबाट सञ्चालन हुने दुवै आयोजनाबाट विद्युत् उत्पादन गरी तिहारको तीन दिन मंगलबार, बुधबार र बिहीबार मुलुकभर चौबीसै घन्टा बिजुली दिइने ऊर्जा मन्त्रालयका सचिव हरिराम कोइरालाले जानकारी दिनुभयो ।
 ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको कुलेखानी दोस्रो जलाशययुक्त आयोजना चौबीसै घन्टा चलाएर भएपनि तीन दिन मुलुकभर लोडसेडिङ नगरिने उहाँले वताउनुभयो ।

चीनसंग शून्य भन्सार सुविधासम्बन्धि सम्झौतामा हस्ताक्षर

२७ कात्तिक, काठमाण्डौ । चीन र नेपालवीच नेपाललाई दिने शून्य भन्सार सुविधासम्बन्धि द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमवार एक कार्यक्रमकावीच आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशी र नेपालका लागि चिनियाँ राजदूत याङ हाउलानले हस्ताक्षर गर्नुभएको छ ।
हस्ताक्षारपछि सचिव जोशीले चीनले नेपाललाई दिएको सुविधाबाट दुई देशबीचको व्यापार घाटा न्यून गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै चीनलाई नेपालमा लगानी बढाउन आग्रह गर्नुभयो । यसैगरी  नेपालका लागि चिनियाँ राजदूत हाउलानले नेपालबाट चीन निर्यात हुने ९५ प्रतिशत सामग्रीमा शून्य भन्सार दरको सुविधा दिएको उल्लेख गर्दै नेपालको निर्यात वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
यस व्यवस्थाले २०१३ सम्ममा चीन निकासी हुने वस्तुमध्ये २६६ भन्दा बढी वस्तुहरूले चीनको बजारमा शून्य भन्सारमा प्रवेश पाउने छन् । चीनले विविध वस्तुमा तीन प्रतिशतदेखि ३५ प्रतिशत भन्सार लिँदै आएको थियो ।  सम्झौता पछि नेपाललाई चीननले सात हजार सात सय ८७ वस्तुमा भन्सार छुट उपलब्ध गराउने छ । नेपाललाई चार हजार सातसय २१ वस्तुमा त्यस्तो सुविधा उपलब्ध गराउँदै आएको थियो । चीनले नेपाललगायत अल्पविकसित मुलुकहरूलाई उक्त सुविधाअन्तर्गत ती देशका उत्पादनलाई शून्य भन्सार सुविधा दिँदै आएको छ ।

‘पात्तिएका’ पण्डित सपार्न परिवारको बिलाप

सत्तचरित्र फलाक्ने गुरु कुबाटोमा लागेको आरोप

२७ कात्तिक, काठमाडौं । श्रीमद्भागवत फलाकेर दुनियाँलाई सत्चरित्र र सत्मार्गमा लाग्न प्रेरित गर्ने पण्डित नै खराब बाटोमा लागेपछि उनका परिवार हैरान भएका छन् । देशबिदेशमा पुगेर पुराण भट्याउने युवा पुराण वाचक पण्डित दीनबन्धु पोखरेल तरुनीको चक्करमा लागेपछि परिवारका सदस्यलाई छटपटी बढाएको हो । लौ पण्डितलाई सपार्नुपर्यो, यसले घरपरिवार बिगार्यो, श्रीमती र छोरीलाई बिचल्ली बनायो, मानसम्मानमा नै आघात पार्यो भनेर उनका परिवार हारगुहार गर्दैछन् ।
साढे तीन वर्षअघि रुपन्देही मुर्गियाकी बिमलासँग बिहाह गरेका पोखरेलकी तीन वर्षकी छोरी समेत छिन् । बिहे गरे लगत्तै श्रीमतीलाई हेलाँ गर्न थालेका उनी परस्त्रीसँग लागेका उनका परिवारका एक सदस्यले अनलाइनखबरलाई बताए । पण्डित पोखरेलले श्रीमती बिमला र छोरी दिविसालाई चितवनको बैरियामा राखेका छन् । छोरी र श्रीमतीलाई चितवनमा थन्क्याएर पण्डित पोखरेल भने तरुनी फेर्दै हिँड्ने गरेको उनकै परिवारको आरोप छ ।
पण्डितका परिवारका अनुसार दीनबन्धुले तनहुँ डुमे्रकी यशोदासँग विवाह गर्ने वाचा गरेका छन् । यशोदासँग मात्रै होइन, काठमाडौं कलंकीकी लक्ष्मी घिमिरेसँग पनि उनको लसपस छ । लक्ष्मीलाई त उनले कलंकीमा घर नै बनाइदिएका छन् । ‘पुराण भन्ने कलाका कारण धेरै युवती उनीप्रति हुरुक्कै हुन्छन्, अनि दीनबन्धु पनि केटी भनेपछि कसैलाई छाड्दैनन्, कतिपटक त हामीले रंगेहात नै फेला पारेका छौं’ अनलाइनखबरसितको कुराकानीमा उनका परिवारका एक सदस्यले भने ।
पुराण भन्ने क्रममा दीनबन्धुले आफ्नो पछाडि तीनजना सुन्दरी युवतीलाई राख्नैपर्ने नियम बनाएका हुन्छन् । तीमध्ये एउटीलाई मन्त्र सिकाउने नाममा बन्द कोठामा लैजाने नियमले चितवन र स्याङ्जामा हल्लीखैली नै मच्चाएको थियो । सबैबाट हाइहाइ कमाएका पण्डितको यो चर्तिकला सार्वजनिक हुन थालेपछि अहिले उनलाई पुराणमा निम्ता आउन पनि कम हुन थालेको छ । ‘पहिले उनलाई भ्याईनभ्याई हुन्थ्यो, अहिले त थोरैले मात्र बोलाउँछन्’ परिवारका एक सदस्यले भने-’बाबु नारायणप्रसाद पोखरेलको प्रतिष्ठालाई समेत उनले आँच आउने काम गरेका छन्, उनी सुधि्रन सकून् भन्ने मात्र हाम्रो कामना हो ।’
आर्थिक मामिलामा पनि उस्तै दाग
दीनबन्धु पनि बाबु नारायणप्रसाद जस्तै पुराण भट्याएर आर्थिक संकलन गर्न खप्पिस छन् । त्यसैले विद्यालय, क्याम्पस, अस्पताल जस्ता भवन निर्माण र सामाजिक कामको लागि उनलाई श्रीमद्भागवतको लागि बोलाईन्छ । श्रीमद्भागवत भट्याएर दीनबन्धुले लाखौं, करोडौं रकम संकलन पनि गरिदिएका छन् । तर उनले दान दक्षिणा दिन बाध्य पार्ने र पारिश्रमिक धेरै लिने गरेको गुनासो छ ।
दीनबन्धुकै टीममा काम गर्ने उनका एकजना नजिकका व्यक्तिका अनुसार पुराण भनेपनि उनले व्यक्तिगत रुपमा ३,४ लाख रुपैंया पारिश्रमिक माग्छन् । भजन टोलीलाई छुट्टै साढे दुईलाख दिनुपर्छ । यसरी रकम जोहो गरेर उनले रुपन्देही मणिग्राममा एककरोड ६५ लाख रुपैंया बराबरको जग्गा खरिद गरेका छन् । चितवन, काठमाडौंका बिभिन्न ठाउँमा पनि उनले घरघडेरी जोडेका छन् ।
‘धर्मको नाममा दीनबन्धुले कुकर्म गरेका छन्, बाबुले कमाएको इज्जतमा समेत दाग लगाउँदैछन्, लौन उनलाई कसरी सुधार्ने’ परिवार बिलौना गर्दै यताउता भौंतारिँदैछन् ।

रोक लगाउनु कहाँ छ, उल्टै इन्स्पेक्टरले नै बाँडे ८० हजारको पटाका

२८ कात्तिक, वीरगञ्ज । गृह मन्त्रालयले तिहारमा पटाकाको ओसार पसार विक्रिी र प्रयोग गर्न रोक लगाएकेा छ । तर वीरगञ्जको वडा प्रहरी कार्यालय विर्ताका इन्स्पेक्टर सुजन जोशीले तिहारको उपहार भन्दै आफ्ना नातागोता, दलका नेता र सञ्चारकर्मी समेतलाई पटाका पाडेका छन् । पोके तस्कर, व्यापारी र सर्वसाधारणवाट प्रहरीले खोसेर लिएको पटाका इन्स्पेक्टर जोशीले आफ्ना हितैषीहरुलाई दीपावलीको उपहारस्वरुप बाँडेका हुन् ।
तीन चार दिनको अवधिमा प्रहरीले विभिन्न स्थानवाट बरामद गरेकामध्ये इन्स्पेक्टर जोशीले करिब ८० हजार मूल्य बराबरको पटाका बाँडिसकेको स्रोतले बतायो । जोशीले आइतबार र सोमवार पटाका बाँडेका हुन् । सोमबार विहान बडा प्रहारी कार्यालय विर्तामा छिरेका वीरगञ्जका एक दैनिक पत्रिकाका प्रकाशक तथ सम्पादक पटाकासहितको झोला दिलएर निस्कीदै थिए । जोशीले सोमवार मात्रै करिव १२ जना पत्रकार र आफ्ना चिनजानका व्यक्तिलाई उपहारस्वरुप पटाका बाडेको कार्यालयकै एक जवानले नाम नवताउने सर्तमा जानकारी दिए । आजको सौर्य दैनिकले समाचार छापेको छ ।
जोशीले पटाका नभई केही व्यक्तिलाई भिरभिरे बाँडेको दाबी गरे । उनले भने,’ मैले पटाका बाँडेको होइन, केही अभिभावकले केटाकेटीले जिद्दी गरे गरेको भन्दै अनुरोध गरेपछि दुई चारवटा प्याकेट भिरभिरे दिएर पठाएको हुँ ।’ आफूसंग थुप्रै व्यक्तिले पटाका मागेपनि नदिएको उनको भनाई छ । उनले भने,’ पटाका माग्ने आउनेमा ९९ प्रतिशत पत्रकार नै थिए ।’

Friday, November 9, 2012

भाइटीकाको साइत ११ बजेर २३ मिनेटमा

कागपूजाको अघिल्लो दिनदेखि नै तिहार लाग्ने

२४ कात्तिक, काठमाडौं । बजारमा तिहारको रमझम शुरु भैसकेको छ । तिहारको लागि आवश्यक पर्ने फूलमाला, भाइमसला, मैनबत्ती, पाला, झिलिमिली बत्ती लगायतका आवश्यक सरसामग्रीको कारोबार विस्तारै बढ्दै गएको छ । फूलमालाको कारोबार कागतिहारको दिन अर्थात सोमबारदेखि धेरै हुने व्यापारीहरुको भनाई छ । मंगलबारदेखि तिहार बिदा हुने भएकाले सोमबारदेखि घर जानेहरुको घुईंचो पनि बढ्नेछ ।
सोमबार २७ गते कागतिहार भएपनि यमपञ्चक अर्थात तिहार चाहिं २६ गतेदेखि नै शुरु हुँदैछ । खासगरी तिहार कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्म मनाईने गरिन्छ । यस हिसाबले कात्तिक २६ गते बिहान १० बजेर १८ मिनेटमा त्रयोदशी तिथि शुरु हुने भएकाले तिहार यही दिनदेखि शुरु हुने नेपाल पञ्चांग निणर्ायक समितिले जनाएको छ । २६ गते साँझ दैलोमा यमराजलाई स्मरण गरी आहृवान स्वरुप दीपदान गरिन्छ ।
पुराणका अनुसार यस पर्वमा यमराज आˆना दैनिक कार्य स्थगन गरी बहिनी यमुनाकहाँ पाँचदिनसम्म पाहुना भई बस्ने र बहिनीद्वारा पुजिएका यमराजले वस्त्र, आभूषण दिएर भ्रातृ स्नेहलाई प्रगाढ बनाउने हुनाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ । कात्तिक २७ गते सोमबारका दिन त्रयोदशी उदयकाल रहेकाले बिहान धार्मिक मान्यताअनुसार कागलाई पूजा गरी विविध खानेकुरा दिने काम हुन्छ । कागको पूजा गरी काग तिहार मनाउनु उपयुक्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।
कात्तिक २८ गते मङ्गलबार बिहान सूर्य उदयकाल ६ बजेर ३४ मिनेटसम्म चतुर्दशी उप्रान्त औँसी तिथि परेकाले त्यो दिन कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । बिहान कुकुरको पूजा गर्ने, साँझ प्रदोश र अर्धरात्री कालमा धनकी देवी लक्ष्मीको पूजा आराधना तथा दीपावली गर्नु उत्तम रहेको ढुंगेलले बताउनुभयो । त्यही दिन लक्ष्मीपूजा र गोवर्द्धन पूजाका साथ देउसीभैलोको उल्लास पनि शुरु हुन्छ ।
झण्डै दशैंको जस्तै भाइटीकाको साइत
दशैंमा टीकाको साइत ११ बजेर २९ मिनेटमा थियो । अहिले भाइटीकाको शुभसाइत पनि झण्डै यही समयमा परेको छ । पञ्चांग निणर्ायक समितिका अनुसार कात्तिक ३० गते बिहीबार ११ बजेर २३ मिनेटमा भाइटीकाको लागि उत्तम साइत परेको छ । यस्तै कात्तिक २९ गते बुधबार कात्तिक शुक्ल प्रतिपदाका दिन बिहान गोवर्धन पूजा, गाई-गोरु पूजा तथा साँझ म्हः पूजा -आत्म पूजा) गर्नु उपयुक्त रहेको छ ।
तिहारको अन्तिम दिन भाइटीकाको दिन दाजुभाइ, दिदीबहिनीले आपसी स्नेह, सत्कार तथा पूज्ाा गरी भाइटीका मनाउँदा दाजुभाइको यश तथा आयु बढ्ने र उनीहरू सुखी तथा सम्पन्न हुने विश्वास गरिन्छ । लक्ष्मीपूजादेखि भाइटीकासम्म सबैतिर सफा राखी दैलो-सङ्घार, झ्याल, ढोका, चोटा, कोठा, अटाली, कौसी, बरन्डा, भर्‍याङ आदि ठाउँमा झलमल्ल गरी बत्ती बालिने हुनाले यस चाडलाई दीपावली पनि भन्ने गरिन्छ ।
दशैं सकिए लगत्तै आउने अर्को महत्वपूर्ण चार्ड भएकाले तिहारमा पनि पिङ खेल्ने चलन छ । दशैंमा हालिएको पिङ तिहारपछि मात्र फुकाइन्छ ।

देउवाले नै पत्याएनन् कांग्रेसको आन्दोलनलाई

सुशील र शेरबहादुरबीच आमसभामा जुहारी

२४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सरकार छाड्न दबाव दिन भन्दै नेपाली कांग्रेसले शुक्रबार बसन्तपुरमा आमसभा गर्‍यो । राजधानी आसपासका जिल्लाबाट समेत कार्यकर्ता ल्याएर कांग्रेस शीर्ष नेताहरुले सरकार र एमाओवादीको उछित्तो काटे र सडक आन्दोलनबाटै बाबुराम सरकारलाई बर्खास्त गर्ने चेतावनी दिए ।
सरकार ढाल्न आन्दोलनका लागि जुट्नस् भनेर कार्यकर्तालाई भनिरहँदा शीर्ष नेताहरुले भने पार्टी एकीकरण भएको ६ वर्षसम्म पनि मिल्न नसकेको मन अझै मिल्न नसकेको नेताहरुले कार्यकर्ताबाट लुकाउन सकेनन् । आमसभामा सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले जुवारी खेले ।
वरिष्ठ नेता देउवाले संविधानसभा पुनःस्थापनाको विपक्षमा पार्टी उभिएकोमा अमिलो मन बनाए । ‘हामीले ४ वर्षमा संविधान बनाउन सकेनौं । त्यही संविधान बनाउन चुनाव गर्न खोजिरहेका छौं’ उनले भने-’मैले संविधानसभा पुनःस्थापना गरेर संविधान बनाउँ भन्दा कसैले मानेन, मैले कसैलाई मनाउन पनि सकिनँ । मलाई चुनावै चाहँदैन, भत्ता खान समेत भने । संविधान बनाएर चुनावमा जाने कि त्यही संविधान बनाउन चुनावमा जाने ? ‘
वरिष्ठ नेता देउवाले प्रधानमन्त्रीले तत्काल राजीनामा दे भनेकोमा समेत व्यंग गरे । ‘अहिले नै राजीनामा आजै दे भन्नु भो । मलाई खुसी लाग्यो’ हाँस्दै उनले भने-’साथीहरुको ताली बज्यो । सबैले हात उठाए । तर, राजीनामा दिँदै दिँदैन के गर्ने ?’ -सभामा गलल हाँसोको फोहोरा छुट्यो) नेता देउवाले पार्टी नेताहरुले गर्ने भनेको सरकारविरुद्ध आन्दोलनलाई पनि पत्याएनन् । ‘आन्दोलन गर्ने हो कि हैन भन्ने परेको छ यहाँ’ उनले भने-’बीचबीचमा माओवादीसँग कुरा भइराख्या छ भन्ने सुन्छु मैले । आन्दोलन गर्ने हो भने आन्दोलनबाटै कुरा होला नि । भोली नेगोसिएसन होला । आन्दोलन भनेको मुख घोषणा गरेर मात्र हैन, भोली कामले पनि हुनुपर्‍यो ?’
त्यसपछि सभालाई सम्बोधन गर्न आएका सभापति सुशील कोइरालाले देउवाको जवाफ फर्काए । कोइरालाले आन्दोलन र वार्तालाई एकसाथ अघि बढाउने बताए ।
‘अघि एक जना साथी (देउवा)ले भन्नुभो । वार्ता गर्ने हैन एउटै कुरा आन्दोलन भन्नुहुन्छ’ उहाँले भन्नुभयो-’हैन । हामी वार्ता पनि जारी राख्छौं । सहमति, सहकार्य, एकता र मेलमिलापलाई हामी छोड्दैनौं । छोड्यो भने माओवादीले छोडुन, हामी छोड्दैनौं ।’

Wednesday, November 7, 2012


अमेरिकी राष्ट्रपतिमा पुनः ओबामा निर्वाचित

२२ कात्तिक, काठमाण्डौ । अमेरिकी राष्ट्रपतिमा बाराक ओबामा दोस्रो पटक निर्वाचित भएका छन् । डेमोक्रयाट् उम्मेदवार ओबामाले रिपब्लिक पार्टीका उम्मेदवार मिट रोम्नीलाई पराजित गरेका हुन् । जितका लागि चाहिने २ सय ७० मतमध्ये कुल कुल ५ सय ३८ इलेक्ट्रोल मतमा डेमोक्रेटिक पार्टीका उम्मेदवार एवं वर्तमान राष्ट्रपति ओबामाले मतगणना जारी रहँदासम्म ३०३ इलेक्ट्रोल मत पाएका छन् भने रोम्नीले २०६ मत पाएको बीबीसीले जनाएको छ। अझै २९ इलेक्ट्रोल मत गणना हुन बाँकी छ । अघिल्लो साता आएको आँधी स्याण्डीका कारण ओबामालाई जित्न कठिन हुने अनुमान गरिएको भएपनि उनले भारी मत अन्तरमा जितेका छन् । 
ओबामाको पुनः जीतसँगै उनको चुनावी अभियान कार्यालयमा हजारौं सर्मथकहरुले खुसीयाली मनाइरहेका छन् । ओवामाले क्लालिफोर्निया, ओरेगन, न्युयोर्क, ओहायो, आईवा, विसकन्सिस, कोलोराडो, न्यु मेक्सीको लगायतका क्षेत्रमा जित हासिल गर्नु भएको छ । जित हासिल गरे लगत्तै रोम्नीले ओबामालाई टेलिफोन गरी विजयी भएकोमा बधाई दिनु भएको थियो ।
जितपछि सम्वोधन चिकागोमा आफ्ना समर्थकलाई सम्वोधन गर्दै राष्ट्रपति बाराक ओबामाले आफ्नो जित राष्ट्रकै जित भएको वताउनुभयो । उहाँले आफु सवै जनताको साथ लिएर अघि वढ्न चाहेको वताउनुभयो । ओबामाले मुलुकलाई कसरी अघि वढाउन भन्नेवारेमा रोम्नीसंग छलफल तथा सल्लाह सुझाव लिएर अघि वढ्ने प्रतिवद्धता जनाउनु भयो । ओबामाले  दुवै डेमोक्रयाट् र रिपब्लिकन पार्टीका नेताहरुसंग मिलरे मुलुकका सामू रहेका चुनौति सामना गर्न रणनीति तयार गर्ने वताउनुभयो । ओबामाले भन्नुभयो,’हामीले अहिलेसम्म जति प्रगती गरेका छौ । अब अघि वढ्न हामीसंग अझै चुनौति छ । चुनौतिको सामना तपाई हामी मिलेर गर्नुपर्छ ।’
राष्ट्रपतिमा पराजित भए लगत्तै बोष्टनमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै रोम्नीले दोस्रो कार्यकालका लागि निर्वाचित भएकोमा ओबामालाई बधार्इ तथा कार्यकालको शुभकामना दिदै मुलुकका सामू रहेका मूख्य चुनौतीहरुको सामना गर्दै अघि वढ्न आग्रह गर्नु भयो । रोम्नीले भने,’निर्वाचनको मत हाम्रो पक्षमा परेन । तैपनि मलाई के विश्वास छ भने हामीले सिद्धान्तमा जित हासिल गरेका छौँ । त्यसैले म के विश्वास दिलाउन चाहान्छु भने म तपाईहरुको चाहान र आशालाई मर्न नदिन फरक दिशावाट काम गर्छु ।’
रोम्नीले सन् २००८ मा ओबामाले जितेका राज्यहरु नर्थ क्यारोलिना र इन्डियानामा जित हासिल गरे ।  माथिल्लो सदन सिनेटमा डेमाक्रायाट्ले आफ्नो पकडलाई कायमै राखेको छ । तर तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा भने विपक्षी रिपब्लिकन पार्टीले आफ्नो पडक वलियो वनाएको छ । सिनेट अर्थात माथिल्लो सदनमा डेमोक्रयाट्ले ५१ तथा रिपब्लिकनले ४४ सिट पाएका छन् भने तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा डेमोक्रयाट्को १ सय ६९ र रिपब्लिकनको २ सय २३ रहेको छ । यद्यपी मतगणना अझै जारी छ ।
यसैवीच भारतीय प्रधानमन्त्री डा मनमोहनसिंहले दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रपति ओबामालाई टेलिफोन गरी कार्यकालको शुभकामना तथा वधाई दिएका छन् ।

Tuesday, November 6, 2012


कलंकित आमा-बुबा, जसले छोरीको अनुहारमा तेजाब छ्यापे

आफ्नो सन्तान हरेक आमा-बाबुका लागि आफू भन्दा पनि प्यारो लाग्छ । तर, पाकिस्तानमा यस्ता आमा-बाबु भेटिएका छन्, जसले केटाको अनुहार हेरेको अरोपमा अनुहारमा तेजाब छ्यापेर आफ्नो छोरीको हत्या गरेका छन् ।
कश्मीरको दक्षिण जिल्ला कोटलीको एक गाउँमा बस्दै आएका मोहम्द जफर र उनकी श्रीमतीले हालै मात्र १५ वर्षीया छोरीको हत्या गरेका हुन् ।
छोरीले केटाको अनुहार हर्दा पूरै परिवार कलंकित हुनु परेको उनीहरुको भनाई छ । जफरले बीबीसीसँग भनेका छन्-’एक केटा मोटरसाइकलमा आउँदै थियो । अनुषाले २ पटक उतिर फर्किरु हेरिन् । मैले उनलाई यसो नगर्न भने । मानिसहरु हाम्राबारेमा कुरा काट्छन् किनकी हाम्रो ठूलो छोरी पनि यस्तै गर्थिन ।’
प्रहरीका अनुसार अनुषाको शव ६० प्रतिशतभन्दा बढी जलेको अवस्थामा भेटिएको छ । घटना लगतै आफ्नै छोरीको हत्या गर्ने आमा-बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।
पाकिस्तानको मानवअधिकार आयोगका अनुसार सन् २०११ मा मात्र इज्जतको नाममा ९ सय ४३ महिलाको हत्या भएको छ ।

अमेरिकामा राष्ट्रपतिय चुनाव हुँदै

ओबामा र रोमनीबीच कडा प्रतिष्पर्धा

२१ कात्तिक, काठमाण्डौं । नयाँ राष्ट्रपति चयन गर्न अमेरिकामा आज राष्ट्रपतिय निर्वाचन हुँदैछ । नयाँ राष्ट्रपति बन्ने होडमा रहेका वर्तमान राष्ट्रपति बाराक ओबामा र रिपब्लिकन पार्टीका उमेद्दार मिट रोमनीले प्रतिष्पर्धा गर्दैछन् ।
मतदानका लागि अमेरिकामा अहिले १० करोड नागरिक योग्य छन् । जुन ५ सय ३८ इलेक्ट्रोल मत हो । उक्त मत मध्ये जुन उमेद्दारले दुई सय ७० इलेक्ट्रोरल कलेजको मत पाउँछ उसले नै चुनाव जित्ने छ ।
मतदान अघि गरिएका सर्वेक्षणहरुमा पनि यी दुई प्रतिष्पर्धी बीच बराबरी नतिजा आएकाले आजको निर्वाचनमा अत्यन्तै प्रतिष्पर्धा हुने विश्लेषकहरुको दाबी छ ।
दुवै उमेद्दारले आर्थिक विकास, सुरक्षा अवस्था र विदेश नीतिलाई आफ्नो चुनावी एजेण्डा बनाएका छन् ।
निर्वाचनको अभियानका लागि यस बर्ष अमेरिकामा लाखौ डलर खर्च भएको छ । अमेरिकामा प्रत्येक चार चार बर्षमा राष्ट्रपति निर्वाचन हुनेगरेको छ ।
आजको निर्वाचन जित्ने उमेद्दारले आगामी जनवरी २१ तारिखमा शपथ ग्रहण गरी आफ्नो कार्यभार समाल्नेछन् ।

फेसबुकमा टाइमलाइन प्रोफाइल परिर्वतनको तयारी

यदि केही दिनभित्र फेसबुकको टाइमलाइन प्रोफाइलमा कुनै परिर्वतन भए नआत्तिसुन् । फेसबुकले टाइमलाइन फर्मेटमा केही परिर्वतन गर्ने तयारी गरेको छ ।
प्रयोगकर्ताहरु घटेपछि फेसबुकले केही परिर्वतन ल्याउन खोजेको बताइएको छ ।
केही समयअघि फेसबुकले टाएमलाइनमा परिर्वतन गर्दै प्रयोगकर्ताहरुले दुई कोलम प्रयोग गर्न सक्ने बनाएको थियो । तर, धेरै प्रयोगकर्ताहरुले यसलाई मन पराएनन् । 

Sunday, November 4, 2012


रोल्पा सिमेन्ट सञ्चालनको अन्तिम तयारीमा

 १८ कात्तिक, रोल्पा । नेपालकै बिकट जिल्ला रोल्पामा छिट्टै सिमेन्ट उद्योग सञ्चालनमा आउने भएको छ । रोल्पामा एकमात्र सिमेन्ट उद्योग रोल्पा सिमेन्ट प्रालि सिमेन्ट उत्पादनको अन्तिम तयारीमा जुटेको छ । राप्तीका ५ जिल्ला तथा मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चललाई केन्द्रमा राखेर सिमेन्ट वितरण गर्ने लक्ष्यका साथ तीन वर्ष अघि स्थापना भएको उद्योगले छिट्टै नियमित उत्पादन गरि सिमेन्ट बजारमा ल्याउने तयारीमा जुटेको कम्पनीका निर्देशक दिनेश डांगीले बताउनुभयो ।
दसैं अघि नै सिमेन्ट बजारमा लैजाने तयारी गरिएपनि प्राविधिक कारणले केहि ढिला भएको उहाँले वताउनुभयो । उद्योगबाट सिमेन्ट उत्पादन गरी आन्तरीक रुपमा गुणस्तर परिक्षणको काम पनि सकिएकोले अबको एक हप्ता भित्रै बजारमा पुर्‍याउने लक्ष रहेको डाइरेक्टर डांगीले बताउनुभयो ।दैनिक २ सय टन अर्थात दैनिक ४ देखि ६ हजार बोरा सम्म सिमेन्ट उत्पादन गर्ने क्षमता रोल्पा सिमेन्ट प्रालिको रहेको डाँगीले वताउनुभयो ।
कप्पनीले माग अनुसार अर्थमन्त्रालयबाट डेढ करोड ७० लाख उपलब्ध भई १ वर्ष पहिले सर्वे भैसक्दा पनि विद्युत प्राधिकरणबाट टेन्डर आहृवान हुन नसक्दा अन्यौलता कायमै छ ।रोल्पा सिमेन्ट उद्योग झन्डै ४ सय रोपनी क्षेत्रफलमा फैलिएको छ ।  पाँच जनाको लगानी रहेको उद्योगमा अहिलेसम्म १ अर्व १० करोडभन्दा बढि लगानी भइसकेको छ ।

Friday, November 2, 2012


एप्पलले फेरि हार्‍यो सामसुङसँग

अमेरिकी कम्पनी एप्पलले फेरि एकपटक सामसुङसँगको कानुनी लडाई हारेको छ । बेलायतको एक अदालतलेसामसुङसँग जोडिएको डिजाइन विवादसम्वन्धी वेबसाइटमा राखिएको जानकारी ४८ घण्टाभित्र सुधार गर्न आदेश दिएको छ । अदालतले १८ अक्टोबरमा सामसुङले एप्पलको आइप्याडको पंजीकृत डिजाइनबारे कुनै सीमा नतोडेको प्रष्ट सूचना आफ्नो वेबसाइटमा राख्न एप्पललाई आदेश दिएको थियो ।
तर, एप्पपले राखेको सूचना अदालतको आदेशअनुसार नभएको भन्दै सामसुङले उजुरी दिएको थियो । सामसुङको दावीसँग सहमति जनाउँदै अदालतले २४ घण्टाभित्र पूरानो सूचना हटाउन भनेको छ भने त्यसपछि नयाँ सूचना आफ्नो वेबसाइटमा राख्न भनेको छ । नयाँ सूचना राख्न एप्पलले १४ दिनको समय मागेपनि अदालतले अस्वीकार गरिदिएको छ । बेलायती अदालतको यो फैसला युरोपेली संघमा लागू हुनेछ । -एजेन्सीको सहयोगमा

ओबामा सम्झेर मृत्युशैयाबाट जुरुक्कै

महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति बाराक ओबामा विश्वकै शक्तिशाली व्यक्ति हुन् भन्नेमा दुइमत छैन । तर यी ओबामा शक्ति यति विधि शक्ति रहेछ की यिनको नाम सम्दैमा मान्छे मृत्युशैयाबाट जुरुक्कै उठ्दो रहेछ ।
सायद यो समाचार पढिरहँदा तपाइँलाई विश्वास नलाग्न सक्छ । तर विश्वास नगर्नुको के अर्थ र ? आखिर भएको छ यस्तै । बेलायतका एक युवक बाराक ओबामालाई सम्झेर मृत्युशैया (कोमा) बाट जुरुक्कै उठेका छन् । नर्थह्याम्पटनका १९ वर्षीय ततेन्दा कामोशो नामका ती युवाले आफुलाई बाराक ओबामा सम्झे र कोमाबाट जुरुक्कै उठे ।
समाचार अनुसार एक घटनामा आक्रमणकारीले चक्कुले रोप्दा गम्भीर घाइते भएर अस्पतालमा कोमामा पुगेका ततेन्दा एकाएक ब्युँझिए र आफु बाराक ओबामा भएको र आफुले ओबामाले जस्तै ६० लाख जनताको आवाज एकैपटक सुन्न सक्ने दाबी गर्न थाले । उनले आफुमा इश्वरीय शक्ति समेत रहेको बताउन थाले ।
चक्कु रोपिएको चोटमा आफुलाई बाराक ओबामा सम्झने मानसिक समस्या थपिएपछि उनलाई थप उपचारका लागि मानसिक अस्पतालमा पठाइएको छ । उनी पूरै निको हुन अझै चार महिना लाग्ने बताइएको छ । चक्कु प्रहार पछि उनीमाथि टाउको थप मुक्का प्रहार भएकाले उनको मानसिक अवस्था खल्बलिएको हुनसक्ने अनुमान गरिएको छ ।

विश्वकै महंगो घर बिक्रिमा, मुल्य झण्डै १४ अर्ब (फोटोफिचर सहित)

बेलायतमा विश्वकै सबैभन्दा महंगो घर बिक्रिका लागि तयार भएको छ । घरका शौखिनहरुले यो घर खरिद गर्न सक्छन् तर साथमा टन्नै गाँठ हुनु भने आवश्यक छ । त्यो पनि थोरै होइन झण्डै १४ अर्ब रुपैयाँ ।

हामीजस्ता धेरैका लागि यो आकाशको फल आँखातरी मर भनेजस्तै हो । तर लण्डनको यो घर खरिद गर्न धेरै अरबपतिहरुको रस्साकस्सी हुने अनुमान गरिएको छ ।
२१ हजार ५ सय वर्गफिटमा बनेको यो घरमा ७ बेडरुम छन् । साथै ९ वटा बाथरुम तथा ११ वा पाहुना कोठा छन् । यो घर अत्याधुनिक प्रविधियुक्त छ, अर्थात् यसमा आइप्याडबाट नियन्त्रण गर्न सकिने विजुलीको व्यवस्था छ ।
यो घर बनाउन १० करोड बेलायती पाउण्ड खर्च भएको थियो । यसको मार्केटिङको जिम्मा सेविल्स कम्पनीलाई दिइएको छ ।
लण्डनको रिजेन्ट पार्कमा बनेको वान कर्नवाल टेरास नाम दिइएको यो घरको डिजाइन प्रख्यात आर्किटेक्ट डेसिमस बर्टनले गरेका हुन् । डेसिमस ती व्यक्ति हुन् जसले बेलायती राजदरबारको पनि डिजाइन गरेका हुन् । हेरौँ यो बहुमुल्य घरका केही झलक
 

Thursday, November 1, 2012


स्मार्ट रोड, जो रातमा चम्किन्छ अनि कार रिचार्ज गर्छ

5
सडकमा गाडी गुड्दा इन्धन खर्च हुनु त स्वभाविक हो । तर, अब ठिक उल्टो हुने भएको छ नेदरल्याण्डमा । त्यहाँको सडक छिट्टै स्मार्ट रोडमा परिर्वतन हुँदैछ ।
त्यसपछि उक्त सडक रातमा चम्किन्छ, इलेक्ट्रोनिक कार रिचार्ज हुन्छ अनि छिन छिनमा बदलिने मौसमबारे जानकारी पनि दिन्छ ।
पछिल्लो साता डच डिजाइन वीकमा स्माट हाइवेज नामक एक प्रोजेक्ट प्रस्तुत गरिएकाने छ । जसमा अगामी वर्षबाट नेदरल्याण्डमा काम सुरु हुनेछ । यस प्रोजेक्टमा काम गरिरहेको कम्पनीका अनुसार टोक्नेलोजीलाई फलो थर्दै इलेक्ट्रोनिक कार रिचार्ज हुन्छ ।

नौ बर्षका बालकको तौल ८० किलो !

१६ कात्तिक, विराटनगर । नौ बर्षका बालकको सरदर तौल कति हुन्छ ? सामान्यतया अनुमान गर्न सकिन्छ २५ देखि ४० किलोसम्म ।
मोरङको जाँते गाविस वडा नम्बर ४ का नौ बर्षका गणेश तामाङको तौल भने ८० किलोग्राम रहेको छ । उमेरको अनुपातमा शारीरिक तौल बढी भएकै कारण उनलाई हिड्नदेखि लिएर अन्य काम गर्न समस्या हुने गरेको छ । ‘मुस्किलले २० मिनेटको दूरीमा रहेको विद्यालय पुग्न उनलाई ४० मिनेट लाग्छ’ गणेश भन्छन् ।
गणेश जाँते ४ खोलिटारस्थित सिंहदेवी निमाविको कक्षा ३ मा अध्ययनरत रहेको अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ । ‘हिड्न नसक्दा विद्यालय जानै मन लाग्दैन,’ उनी भन्छन् । दिदि सरस्वतीका अनुसार पहिले एक बर्षअघिसम्म गणेशको तौल एक सय किलोग्राम थियो । ‘खानपान पनि गणेशको सामान्य छ,’ उनी भन्छिन, ‘घरका सानातिना काममा सघाउन भाई तम्सन्छ तर उसको शरीरले साथ दिन्न ।’
भद्दा शरीर र नाम पनि गणेश भएकोले धेरैजसो साथीले हात्ती भनेर जिस्काउने गरेका छन् । गणेश मोटो छ, हिँड्दा पनि हल्लिदै हिड्छ, नयाँ मान्छेले देखे भने त एकछिन उभिएर हेर्छन,’ कक्षा ७ मा अध्ययन गर्ने मिलन गौतम भन्छन्, ‘गाउँमा कोही नौलो मानिस आयो कि उसको फोटो खिचिहाल्छ ।’

स्काई डाइभिङ अव हेलिकप्टरबाट

१६ कात्तिक, काठमाण्डौं । नागरिक उड्यन प्राधिकरणले हेलिकप्टर सेवाप्रदायक कम्पनीलाई स्काई डाइभिङको अनुमति दिएको छ । अनुमति लगत्तै डाइभिङका लागि बुधबार स्वदेशी तथा विदेशीको टोली सगरमाथ क्षेत्रतर्फ उडिसकेको खबर कारोबार दैनिकले छापेको छ ।
सन् २००८ देखि सुरु भएको स्काई डाइभिङ असअघि तारा एयरको सिंग्गल इन्जिन पिलाटस पोर्टर जहाजबाट मात्र गर्ने गरिएको थियो । ताराले सो जहाज बिक्री गरेपछि डाइभिङै रोकिएको थियो । प्राधिकरणको अनुमतिसँगै अव फिस्टेल र सिमि्रक एयरका एक्युरियल एएस ३५० बी ३ हेलिकप्टरबाट डाइभिङ गरिने भएको छ ।
साहसिक एभिएसन स्पोर्ट उड्ययन खेलकुदका रुपमा परिचित स्काई डाइभिङ नेपालमा एक्प्लोरर हिमालय ट्राभल एण्ड एड्भेन्चर प्रालिले सञ्चालन गर्दै आएको छ ।