भाइटीकाको साइत ११ बजेर २३ मिनेटमा
कागपूजाको अघिल्लो दिनदेखि नै तिहार लाग्ने
२४ कात्तिक, काठमाडौं । बजारमा तिहारको
रमझम शुरु भैसकेको छ । तिहारको लागि आवश्यक पर्ने फूलमाला, भाइमसला,
मैनबत्ती, पाला, झिलिमिली बत्ती लगायतका आवश्यक सरसामग्रीको कारोबार
विस्तारै बढ्दै गएको छ । फूलमालाको कारोबार कागतिहारको दिन अर्थात
सोमबारदेखि धेरै हुने व्यापारीहरुको भनाई छ । मंगलबारदेखि तिहार बिदा हुने
भएकाले सोमबारदेखि घर जानेहरुको घुईंचो पनि बढ्नेछ ।
सोमबार २७ गते कागतिहार भएपनि यमपञ्चक
अर्थात तिहार चाहिं २६ गतेदेखि नै शुरु हुँदैछ । खासगरी तिहार कात्तिक
कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्म मनाईने गरिन्छ । यस हिसाबले
कात्तिक २६ गते बिहान १० बजेर १८ मिनेटमा त्रयोदशी तिथि शुरु हुने भएकाले
तिहार यही दिनदेखि शुरु हुने नेपाल पञ्चांग निणर्ायक समितिले जनाएको छ । २६
गते साँझ दैलोमा यमराजलाई स्मरण गरी आहृवान स्वरुप दीपदान गरिन्छ ।
पुराणका अनुसार यस पर्वमा यमराज आˆना
दैनिक कार्य स्थगन गरी बहिनी यमुनाकहाँ पाँचदिनसम्म पाहुना भई बस्ने र
बहिनीद्वारा पुजिएका यमराजले वस्त्र, आभूषण दिएर भ्रातृ स्नेहलाई प्रगाढ
बनाउने हुनाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ । कात्तिक २७ गते
सोमबारका दिन त्रयोदशी उदयकाल रहेकाले बिहान धार्मिक मान्यताअनुसार कागलाई
पूजा गरी विविध खानेकुरा दिने काम हुन्छ । कागको पूजा गरी काग तिहार मनाउनु
उपयुक्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्यसचिव सूर्यप्रसाद
ढुङ्गेलले जानकारी दिनुभयो ।
कात्तिक २८ गते मङ्गलबार बिहान सूर्य
उदयकाल ६ बजेर ३४ मिनेटसम्म चतुर्दशी उप्रान्त औँसी तिथि परेकाले त्यो दिन
कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । बिहान कुकुरको पूजा गर्ने, साँझ
प्रदोश र अर्धरात्री कालमा धनकी देवी लक्ष्मीको पूजा आराधना तथा दीपावली
गर्नु उत्तम रहेको ढुंगेलले बताउनुभयो । त्यही दिन लक्ष्मीपूजा र गोवर्द्धन
पूजाका साथ देउसीभैलोको उल्लास पनि शुरु हुन्छ ।
झण्डै दशैंको जस्तै भाइटीकाको साइत
दशैंमा टीकाको साइत ११ बजेर २९ मिनेटमा
थियो । अहिले भाइटीकाको शुभसाइत पनि झण्डै यही समयमा परेको छ । पञ्चांग
निणर्ायक समितिका अनुसार कात्तिक ३० गते बिहीबार ११ बजेर २३ मिनेटमा
भाइटीकाको लागि उत्तम साइत परेको छ । यस्तै कात्तिक २९ गते बुधबार कात्तिक
शुक्ल प्रतिपदाका दिन बिहान गोवर्धन पूजा, गाई-गोरु पूजा तथा साँझ म्हः
पूजा -आत्म पूजा) गर्नु उपयुक्त रहेको छ ।
तिहारको अन्तिम दिन भाइटीकाको दिन
दाजुभाइ, दिदीबहिनीले आपसी स्नेह, सत्कार तथा पूज्ाा गरी भाइटीका मनाउँदा
दाजुभाइको यश तथा आयु बढ्ने र उनीहरू सुखी तथा सम्पन्न हुने विश्वास गरिन्छ
। लक्ष्मीपूजादेखि भाइटीकासम्म सबैतिर सफा राखी दैलो-सङ्घार, झ्याल, ढोका,
चोटा, कोठा, अटाली, कौसी, बरन्डा, भर्याङ आदि ठाउँमा झलमल्ल गरी बत्ती
बालिने हुनाले यस चाडलाई दीपावली पनि भन्ने गरिन्छ ।
दशैं सकिए लगत्तै आउने अर्को महत्वपूर्ण चार्ड भएकाले तिहारमा पनि पिङ खेल्ने चलन छ । दशैंमा हालिएको पिङ तिहारपछि मात्र फुकाइन्छ ।