स्काई डाइभिङ अव हेलिकप्टरबाट
१६ कात्तिक, काठमाण्डौं । नागरिक उड्यन
प्राधिकरणले हेलिकप्टर सेवाप्रदायक कम्पनीलाई स्काई डाइभिङको अनुमति दिएको छ
। अनुमति लगत्तै डाइभिङका लागि बुधबार स्वदेशी तथा विदेशीको टोली सगरमाथ
क्षेत्रतर्फ उडिसकेको खबर कारोबार दैनिकले छापेको छ ।
सन् २००८ देखि सुरु भएको स्काई डाइभिङ
असअघि तारा एयरको सिंग्गल इन्जिन पिलाटस पोर्टर जहाजबाट मात्र गर्ने गरिएको
थियो । ताराले सो जहाज बिक्री गरेपछि डाइभिङै रोकिएको थियो । प्राधिकरणको
अनुमतिसँगै अव फिस्टेल र सिमि्रक एयरका एक्युरियल एएस ३५० बी ३
हेलिकप्टरबाट डाइभिङ गरिने भएको छ ।
साहसिक एभिएसन स्पोर्ट उड्ययन खेलकुदका
रुपमा परिचित स्काई डाइभिङ नेपालमा एक्प्लोरर हिमालय ट्राभल एण्ड एड्भेन्चर
प्रालिले सञ्चालन गर्दै आएको छ ।
No comments:
Post a Comment
Comment Here