परोपकारी कोषका लागि लण्डनमा शुभकामना साँझ
हेल्प नेपाल नेटवर्कको १० करोड
परोपकारी अक्षयकोष सहयोगार्थ’हेल्पिङ हृयान्ड्स इन होउन्स्लो युकेले
आयोजनामा भएको देउसी भैलो शुभकामना साँझ सम्पन्न भएको छ ।समितिका अध्यक्ष
रामजी प्रसाद बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी एनआरएन
युकेका अध्यक्ष कुल आचार्य , बिशिष्ट अतिथी हेल्प नेपाल नेटवर्कका मिडिया
प्रमुख भगीरथ योगी, अतिथी चिरन्जिबी ढकाल, बरिष्ठ पत्रकार शशी पौडेल,
शान्ता बिनोद लामिछाने ,एम्पल इन्स्टिच्युका प्रमोद अधिकारी लगायतका
अतिथीको साथमा दर्शकको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रम आयोजकका तर्फबाट बोल्दै मोहनराज
बरालले मन बचन र कर्मले सहयोग गर्नु हुने उपस्थित सबैलाई धन्यवाद ब्यक्त
गर्नु भयो । मात्र सुसेलेको भरमा यती धेरै सहयोगी मनहरुको भेलालाई अरु
बृहतरुपमा अगाडि लैजाने समेत बताउनुभयो । देउसी भइलोबाट सुरु गरिएको
साँस्कृतिक कार्यक्रममा गायक अभिनाश घिसिङ,सुजन पराजुली , किरण रमन
डङ्गोलको प्रस्तुतीले दर्शकको मन छुन सफल रहृयो भने बिकास अधिकारी , जगत
गुरुङ , बिनिता गुरुङ र साथीहरुको नृत्यले सबैको ध्यान केन्द्रीत गराएको
थियो । कार्यक्रमवाट संकलित करिब १ लाख ५० हजार रुपैयाँ हेल्प नेपाल
नेटवर्कलाई एक कार्यक्रमका बीच हस्तान्तरण गर्ने कार्यक्रम रहेको आर्थिक
संयोजक भिम कुमार श्रेष्ठले बताउनु भयो ।
हेल्प नेपाल नेटवर्कका सल्लाहकार तथा
समाजसेबी चिरन्जिबी ढकालले युवाहरुको पहलमा गरिएको यस प्रकारको कार्यक्रम
बेलायतमा नै पहिलो र उदाहरणिय बन्न सफल भएको बताउनु भयो । कार्यक्रममा
बरिष्ठ पत्रकार शशी पौडेलले युवाहरुलाई समेट्न हेल्पिङ हृयान्ड्स
होउन्स्लोको प्रयासलाई सम्मान गर्दै, सुरु देखिनै संस्थालाई अनुशाशित र
प्रजातान्त्रिक ढंगले चलाउनु पर्ने सुझाव दिनुभयो । कार्यक्रमका बिशिष्ट
अतिथी हेल्प नेपाल नेटवर्कका मिडिया प्रमुख भगीरथ योगीले हेल्प नेपाल
नेटवर्कले नेपालको सामाजिक बिकासमा पुर्याएको महत्वपूर्ण भूमिकाको बारेमा
उल्लेख गरिएको बृतचित्र समेत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको
औपचारिक समापन गर्दै सभापति रामजी बरालले परोपकारी काममा युवाहरुको
संलग्नता अरु प्रभाबकारी रुपमा अगाडि बढाइने बताउनु भयो ।
No comments:
Post a Comment
Comment Here