तिहारमा सित्तैमा बाड्न फूल खेती
२८ कात्तिक, दोलखा । दुःख कुष्टमा जीवन
गुजारा गर्ने उत्तरी दुर्गम झ्याकुकी सुनीतालाई हरेक तिहारमा गाउँलेलाई फूल
बाड्ने सोख छ । त्यसैले उनी आँगन र बारीका कान्लाहरुमा फूल खेती गर्छिन् ।
तेह्र बर्षकी सुनीता कार्कीको आफ्नो जीवन भने कहाली लाग्दो छ तर तिहारमा
अरुको घरमा खुसी ल्याउन हरेक वर्ष गाउँलेका लागि फूल रोप्न उनलाई जाँगर
लाग्छ । झ्याकु ३ की उनी वृद्ध हजुरबा र हजुरआमाको सहारमा छिन् ।
टुहुरासरह जीवन गुजारा गर्ने उनका दाजु
परदेशमा छन् । ‘आफ्नो घरमा तिहारको खुसी नआए पनि अरुका लागि फूल स्याहार्दै
छु,’मलिन अनुहारमा भनिन् । बिहे भएर गएकी दिदीले पठाइदिएको खर्चमा पढ्ने र
खानका लागि खेती र सहयोगको भर पर्नुपर्ने उनको घर वरपर अहिले बगैँचाजस्तै
आकर्षक छ ।ढुंगामाटाका दुई गते घरभित्र जति दुःख भएपनि बाहिरी वातावरण भने
सुन्दर लाग्छन् । पीडाका वीच पनि फूल लिन आउनेहरुलाई सुनीता त्यसै दिएर
पठाउँछिन् । सुनीता भन्छिन्,’ गाउँका धेरै आउँछन् तर कसैसंग पनि पैसा लिन्न
।’ आजको कान्तिपुर दैनिकले समाचार छापेको छ । गोदावरी, मखमली, पुपारी
फूलहरुले सानो घर वरपर बसुँबसुँ लाग्छ ।
कोदो फलेको बारीका कान्लाभरि फूल फुलेका
छन् । एकपटक लगाएर सामान्य गोडमेल गरेपछि धेरै फूल आफै उम्रेर फूल्छन्
। सुनीताको भनाईमा केही केहीभने फेरि रोप्नुपर्छ । कक्ष सातमा पढ्दै गरेकी
सुनीता बिहान बेलुकी भान्छाको काम गर्छिन । स्कुल नगएका बेला मेलापात समेत
गर्नुपर्छ । बृद्ध बाजेबज्यैको स्याहार्ने काम पनि उनकै थाप्लामा छ । आमा
अर्कै ब्यक्तिसंग बिहे गरी गएपछि सुनीताले भेटेकी छैनन् ।
No comments:
Post a Comment
Comment Here