चीनसंग शून्य भन्सार सुविधासम्बन्धि सम्झौतामा हस्ताक्षर
२७ कात्तिक, काठमाण्डौ । चीन र नेपालवीच
नेपाललाई दिने शून्य भन्सार सुविधासम्बन्धि द्विपक्षीय सम्झौतामा हस्ताक्षर
भएको छ । सम्झौता पत्रमा वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमवार एक
कार्यक्रमकावीच आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशी र नेपालका लागि
चिनियाँ राजदूत याङ हाउलानले हस्ताक्षर गर्नुभएको छ ।
हस्ताक्षारपछि सचिव जोशीले चीनले नेपाललाई
दिएको सुविधाबाट दुई देशबीचको व्यापार घाटा न्यून गर्न सहयोग पुग्ने
विश्वास व्यक्त गर्दै चीनलाई नेपालमा लगानी बढाउन आग्रह गर्नुभयो । यसैगरी
नेपालका लागि चिनियाँ राजदूत हाउलानले नेपालबाट चीन निर्यात हुने ९५
प्रतिशत सामग्रीमा शून्य भन्सार दरको सुविधा दिएको उल्लेख गर्दै नेपालको
निर्यात वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
यस व्यवस्थाले २०१३ सम्ममा चीन निकासी
हुने वस्तुमध्ये २६६ भन्दा बढी वस्तुहरूले चीनको बजारमा शून्य भन्सारमा
प्रवेश पाउने छन् । चीनले विविध वस्तुमा तीन प्रतिशतदेखि ३५ प्रतिशत भन्सार
लिँदै आएको थियो । सम्झौता पछि
नेपाललाई चीननले सात हजार सात सय ८७ वस्तुमा भन्सार छुट उपलब्ध गराउने छ ।
नेपाललाई चार हजार सातसय २१ वस्तुमा त्यस्तो सुविधा उपलब्ध गराउँदै आएको
थियो । चीनले नेपाललगायत अल्पविकसित मुलुकहरूलाई उक्त सुविधाअन्तर्गत ती
देशका उत्पादनलाई शून्य भन्सार सुविधा दिँदै आएको छ ।
No comments:
Post a Comment
Comment Here