अब ऋणको ब्याज तिर्दा ‘बार्गेनिङ’ गर्न पाइने
२८ कात्तिक, काठमाण्डौ । बैँकहरुले
ग्राहकवाट असुल्ने ब्याजलाई परदर्शी बनाउन राष्ट्र बैँकले आधारम ब्याज दर
अबधारणा लागू गरेको छ । निक्षेप र कर्जा दुवैको ब्याजदरलाई आवश्यक स्थानमा
राख्ने ब्याजदर सुरुङ ल्याउने तयारी थालेपनि राष्ट्र बैँकले कर्जालाई मात्र
पारदर्शी बनाउने दरको सूत्र सार्वजनिक गरेको हो । आधार ब्याजदरको सूत्र
अनुसार बैँकहरुलेऋण दिँदा ग्राहकवाट लिने न्यूनतम ब्याजदर निस्कन्छ, जसलाई
हेरेर ग्राहकले आफू अनुकुल सस्तो ब्याज दिने बैँकवाट ऋण लिन सक्छन् ।
आधार ब्याज दर सार्वजनिक भएपछि वैँकलाई कम
नाफा लिएर ऋण दिन दबाब पर्नेछ, जसका कारण बैँकको नाफा घट्ने देखिएको छ ।
निर्देशन अनुसार बैँकहरुले आधार ब्याजदर प्रकाशन गर्नुपर्छ,’ राष्ट्र
बैँकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने,’यो नयाँ प्रणालीअनुसार बैँकहरुले
कति ब्याजमा ऋण दिन सक्छन् भन्ने ग्राहकले थापा हाउने छन् ।’ आजको
कान्त्िपुर दैनिकले छापेको छ । हाल बैँकहरुले आफूले दिन सक्ने न्यूनतम
ब्याजदर प्रकाशन गर्दैनन् ।
बैँकले लिएको रकम र त्यसमा हुने विभिन्न
खर्च समेटेर आधार ब्याजदर निकाल्न्िछ । आधार ब्याजदरको सुत्रमा कोषको लागत,
अनिवार्य नगद मौज्दात, बैधानिक तरलत अनुपात, सञ्चालन लागत र सम्पत्तिमा
प्रतिफल राखिएको छ । सुत्र अनुसार बाणिज्य बैँकले महिानको एक पटक आधार
ब्याजदरलाई आफ्नो वेबसाइटमा प्रकाशन गर्नुपर्ने छ ।
No comments:
Post a Comment
Comment Here