गङ्गारामका छोराछोरी पढाउने जिम्मा माओवादीले लियो
शिक्षामन्त्री दीनानाथ
शर्मालाई स्वागत गरेर फर्किने क्रममा दुर्घटनामा ज्यान गुमाउन पुगेका
गङ्गारामका छोराछोरीलाई पढाउने जिम्मा एमाओवादी सिरहाले लिएको छ ।पिप्रा
प्रपी-४ घर भएका मृतक माओवादी कार्यकर्ता गङ्गारामका दुई छोरा, एक छोरी र
श्रीमती छन् । माओवादीका मिथिला मधेस राज्य संयोजक तथा केन्द्रीय
पोलिटब्यूरो सदस्य विश्वनाथ साह, प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत
रहेका केन्द्रीय सदस्य रामरिझन यादवलगायतका नेताहरु मृतक गङ्गारामको घरमै
पुगेर उहाँको छोराछोरीलाई पढाउने प्रतिबद्धता जनाएका हुन् ।
मृतक गङ्गारामको किरियाकर्म खर्चका लागि
तत्काल रु १० हजार सहयोग स्वरुप प्रदान गरेको एमाओवादी सिरहाका सहसेक्रेटरी
जिवछ यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो- “हामीले सक्दो सहयोग
निरन्तर गरिरहने छौँ ।”गङ्गारामको गत आइतबार सिरहा चौहर्वा सडकखण्डको
नहरामा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । शिक्षामन्त्री दीनानाथ
शर्मालाई बन्दीपुरमा स्वागत गरेर फर्किने क्रममा उनी दुर्घटनामा परेका थिए ।
No comments:
Post a Comment
Comment Here