देउवाले नै पत्याएनन् कांग्रेसको आन्दोलनलाई
सुशील र शेरबहादुरबीच आमसभामा जुहारी
२४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री डा.
बाबुराम भट्टराईलाई सरकार छाड्न दबाव दिन भन्दै नेपाली कांग्रेसले
शुक्रबार बसन्तपुरमा आमसभा गर्यो । राजधानी आसपासका जिल्लाबाट समेत
कार्यकर्ता ल्याएर कांग्रेस शीर्ष नेताहरुले सरकार र एमाओवादीको उछित्तो
काटे र सडक आन्दोलनबाटै बाबुराम सरकारलाई बर्खास्त गर्ने चेतावनी दिए ।
सरकार ढाल्न आन्दोलनका लागि जुट्नस् भनेर
कार्यकर्तालाई भनिरहँदा शीर्ष नेताहरुले भने पार्टी एकीकरण भएको ६ वर्षसम्म
पनि मिल्न नसकेको मन अझै मिल्न नसकेको नेताहरुले कार्यकर्ताबाट लुकाउन
सकेनन् । आमसभामा सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले
जुवारी खेले ।
वरिष्ठ नेता देउवाले संविधानसभा
पुनःस्थापनाको विपक्षमा पार्टी उभिएकोमा अमिलो मन बनाए । ‘हामीले ४ वर्षमा
संविधान बनाउन सकेनौं । त्यही संविधान बनाउन चुनाव गर्न खोजिरहेका छौं’
उनले भने-’मैले संविधानसभा पुनःस्थापना गरेर संविधान बनाउँ भन्दा कसैले
मानेन, मैले कसैलाई मनाउन पनि सकिनँ । मलाई चुनावै चाहँदैन, भत्ता खान समेत
भने । संविधान बनाएर चुनावमा जाने कि त्यही संविधान बनाउन चुनावमा जाने ? ‘
वरिष्ठ नेता देउवाले प्रधानमन्त्रीले
तत्काल राजीनामा दे भनेकोमा समेत व्यंग गरे । ‘अहिले नै राजीनामा आजै दे
भन्नु भो । मलाई खुसी लाग्यो’ हाँस्दै उनले भने-’साथीहरुको ताली बज्यो ।
सबैले हात उठाए । तर, राजीनामा दिँदै दिँदैन के गर्ने ?’ -सभामा गलल
हाँसोको फोहोरा छुट्यो) नेता देउवाले पार्टी नेताहरुले गर्ने भनेको
सरकारविरुद्ध आन्दोलनलाई पनि पत्याएनन् । ‘आन्दोलन गर्ने हो कि हैन भन्ने
परेको छ यहाँ’ उनले भने-’बीचबीचमा माओवादीसँग कुरा भइराख्या छ भन्ने सुन्छु
मैले । आन्दोलन गर्ने हो भने आन्दोलनबाटै कुरा होला नि । भोली नेगोसिएसन
होला । आन्दोलन भनेको मुख घोषणा गरेर मात्र हैन, भोली कामले पनि हुनुपर्यो
?’
त्यसपछि सभालाई सम्बोधन गर्न आएका सभापति
सुशील कोइरालाले देउवाको जवाफ फर्काए । कोइरालाले आन्दोलन र वार्तालाई
एकसाथ अघि बढाउने बताए ।
‘अघि एक जना साथी (देउवा)ले भन्नुभो ।
वार्ता गर्ने हैन एउटै कुरा आन्दोलन भन्नुहुन्छ’ उहाँले भन्नुभयो-’हैन ।
हामी वार्ता पनि जारी राख्छौं । सहमति, सहकार्य, एकता र मेलमिलापलाई हामी
छोड्दैनौं । छोड्यो भने माओवादीले छोडुन, हामी छोड्दैनौं ।’
No comments:
Post a Comment
Comment Here