कैलालीमा काँग्रेस कार्यकर्ताको हत्या
७ मंसिर, कैलाली । कैलालीमा नेपाली काँग्रेसका कार्यकर्ताको हत्या भएको छ । अज्ञात समूहले गएराति १२ बजे मालाखेती-२, का पूर्व गाविस अध्यक्ष समेत रहेका ५५ वर्षीय दिर्घराज भट्टको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
अज्ञात समुह एक्कासी घरभित्र प्रवेश गरी सुतिरहेका भट्टलाई उनकै कोठामा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको भनाई छ । अनुसन्धानका लागि भन्दै प्रहरीले सोही गाउँका जानकी मलासी तथा उनका छोरा सुरेश, मनोज र महमद महिसरलाई अनुसन्धानका लागि पक्राउ गरेको छ ।
यसअघि करिव दुई महिना अघि पनि भट्टमाथि आक्रमणको प्रयास भएको थियो । भट्टको शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतला लगिएको प्रहरीले जनाएको छ । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment
Comment Here