ओबामा सम्झेर मृत्युशैयाबाट जुरुक्कै
महाशक्ति
राष्ट्र अमेरिकाका राष्ट्रपति बाराक ओबामा विश्वकै शक्तिशाली व्यक्ति हुन्
भन्नेमा दुइमत छैन । तर यी ओबामा शक्ति यति विधि शक्ति रहेछ की यिनको नाम
सम्दैमा मान्छे मृत्युशैयाबाट जुरुक्कै उठ्दो रहेछ ।
सायद यो समाचार पढिरहँदा तपाइँलाई विश्वास
नलाग्न सक्छ । तर विश्वास नगर्नुको के अर्थ र ? आखिर भएको छ यस्तै ।
बेलायतका एक युवक बाराक ओबामालाई सम्झेर मृत्युशैया (कोमा) बाट जुरुक्कै
उठेका छन् । नर्थह्याम्पटनका १९ वर्षीय ततेन्दा कामोशो नामका ती युवाले
आफुलाई बाराक ओबामा सम्झे र कोमाबाट जुरुक्कै उठे ।
समाचार अनुसार एक घटनामा आक्रमणकारीले
चक्कुले रोप्दा गम्भीर घाइते भएर अस्पतालमा कोमामा पुगेका ततेन्दा एकाएक
ब्युँझिए र आफु बाराक ओबामा भएको र आफुले ओबामाले जस्तै ६० लाख जनताको आवाज
एकैपटक सुन्न सक्ने दाबी गर्न थाले । उनले आफुमा इश्वरीय शक्ति समेत रहेको
बताउन थाले ।
चक्कु रोपिएको चोटमा आफुलाई बाराक ओबामा
सम्झने मानसिक समस्या थपिएपछि उनलाई थप उपचारका लागि मानसिक अस्पतालमा
पठाइएको छ । उनी पूरै निको हुन अझै चार महिना लाग्ने बताइएको छ । चक्कु
प्रहार पछि उनीमाथि टाउको थप मुक्का प्रहार भएकाले उनको मानसिक अवस्था
खल्बलिएको हुनसक्ने अनुमान गरिएको छ ।
No comments:
Post a Comment
Comment Here