Tuesday, November 13, 2012

टेलिकमको द्रुत गतिको इन्टरनेट सेवा वाइम्यक्स सञ्चालनमा

२७ कात्तिक, काठमाण्डौ । नेपाल टेलिकमले द्रुत गतिको ताररहित इन्टरनेट सेवा वाइम्यक्स सोमवारवाट सञ्चालनमा ल्याएको छ । वाइम्याक्स नेपालमा उपलब्ध इन्टरनेट सेवा मध्ये सवैभन्दा उच्च गतिको इन्टरनेट सेवा भएको टेलिकमको दावी छ । २ सय ५६ किलो बिट प्रतिसेकेन्ड स्पिडमा इन्टरनेट चलाउन मिल्ने यो सेवा युएसबी मोडेमको प्रयोगबाट एक जनाले डेक्सडप र ल्यापटममा चलाउन सकिन्छ भने इनडोर र आउटडोर  सिपिईको प्रयोगबाट धेरै जनाले प्रयोग गर्न सक्छन् ।
टेलिकमले प्रारम्भिक चरणमा वाइम्याक्स सेवा राजधानीका  व्यापारिक प्रतिष्ठान, अस्पताल, शैक्षिक तथा बित्तीय संस्था, कुटनीतिक नियोग, सरकारी एवम् गैरसरकारी  निकायलाई मात्र वितरण गर्ने  जनाएको छ । टेलिकमले वाइम्याक्स सेवा सुरु गर्न गत फागुनमा अमेरिकी कम्पनी  एअर स्पानसँग सम्झौता गरेको थियो ।
यस्तै यो सेवा पश्चिम क्षेत्र अन्तर्गतको पोखरा र भैरहवामा सेवा सञ्चालन गर्ने र सेवा प्रारम्भ गरेको एक वर्ष भित्र मुलुकभर सेवा पुर्‍याउने टेलिकमको लक्ष्य छ । टेलिकमले विश्वविद्यालय, अस्पताल, रेष्टुरेन्ट, एयरपोर्ट, पार्क, सपिङ्ग मल, वसपार्क, तथा पर्यटकहरुको आवतजावत वढी हुने क्षेत्रहरुको पहिचान गरी करिब १५ सय स्थानमा बाइफाइ हटस्पट निर्माण गरिने बताएको छ ।

No comments:

Post a Comment

Comment Here