Sunday, December 9, 2012


जन्तिका निम्तालु मलामी बन्नु परेपछि…

शनिबार बिहान बिहेको जन्ती जान तयार भइरहेकै बेला बेहुलाको मृत्यु भएको प्रत्यक्षदर्शी गाउँलेले बताए । प्रत्यक्षदर्शी स्थानीय भीमबहादुर मगरका अनुसार थुक सर्किएर अप्ठेरो भयो भनेको केही क्षणमै बेहुलाको मृत्यु भएको थियो । उनलाई उपचार गर्न लानसमेत नभ्याएको उनले बताए ।२४ मंसिर, उदयएक युवकको बिहेमा जन्ती जान जम्मा भएका निम्तालुहरु बेहुलाको मृत्यु भएपछि मलामीमा परिणत भएका छन् । उदयपुरको रिस्कु गाविस वडा नम्बर ५ पाट्नेका ३० वर्षीय प्रकाश गुर्वाछाने मगरको विवाह लगनकै दिन मृत्यु भएपछि उनको जन्ती जान भेला भएका निम्तालु मलामीमा परिणत हुन पुगेका हुन्।
नागरिक दैनिकमा छापिएको समाचार अनुसार बिहेको अघिल्लो रातभर साथी र गाउँलेसँगै घरमा नाचगान गरेर रमाइलो गरी बिताएका उनी बिहानपख सुतेका थिए । सकुशल सुतेका मगर बिहान उठेर शौचालय गएर आएपछि खाटमा पुनः पल्टनेवित्तिकै थुक सर्कियो भन्दै अप्ठेरो भएको बताएका थिए। खाटमा सुतेका उनी थुकले सर्क्यो भन्दै छटपटिदै भुइँमा पछारिएपछि घरका मान्छेले उठाएर पुनः खाटमा राखेलगत्तै उनको बोली बन्द भएको थियो। बोली बन्द भएलको केहीबेरमै उनको धुकधुकी बन्द भएको छिमेकी भिमबहादुरले बताए ।
युवकको हृदयघात वा एपेन्डीक्सका कारण मृत्यु भएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन्। बिहेकै दिन बेहुलाको मृत्यु भएपछि जन्ती जान भेला भएका छिमेकी र आफन्तहरु मलामीमा परिणत हुनुपरेको भिमबहादुरले बताए। उनको शनिबारै दाहसंस्कार गरिएको स्थानीयले बताए।
मगरको रिस्कु ४ स्थित देउलीकुनाकी एक युवतिसँग बिहेको कुरा छिनेर जन्ती जाने तयारी भइरहेको थियो ।

Saturday, December 1, 2012


कुकुर बचाउन मालिकले ज्यान फाले

तपाईँले मालिकको रक्षाका लागि कुकुरले आफ्नो ज्यान दिएको त सुन्नु भएकै होला तर, सन फ्रोन्सिस्कोबाट करिव ४ सय ५० किलोमिटर उत्तरस्थित उत्तरी क्यालिफोर्नियाको समुन्द्र तटीय इलाकामा भने ठिक उल्टो भएको छ ।
हावाड्र कुलजायनको परिवार आफ्नो पाल्तु कुकुरका साथ विहानै घुम्न निस्किएको थियो । कुलजायनले आफ्नो लठ्ठी समुन्द्रको छालमा फारे र कुकुरलाई ल्याउन भने । कुकुर लठ्ठी लिन छालतर्फ गएकै बेला अचानक तिब्र गतिमा आएको छालले कुकुरलाई लपेट्यो ।
आफ्नो कुकुर मृत्युको मुखमा पुगेको देखेर कुलजायनका १६ वर्षीय छोरा ग्रेगरी छालतर्फ दौडिए । उनलाई पनि बताएपछि ५४ वर्षीय कुलजायन आफैँ गए । छोरा र पतिलाई बचाउन ५७ वषिर्या मेरी स्कट पनि गए । समुन्द्री तटमा रहेकी कुलजायनकी छोरी ओलिविया र ग्रगरीका साथी आफ्ना परिवारका सदस्य र कुकुर बचाउँदै गरेको हेरेर बस्नु बाहेक केही गर्न सक्ने अवस्थामा थिएनन् ।
कुलजायनको कुकर त केहीबेरपछि नै पानीबाट बाहिर आयो । तर, परिवारका ३ जनाको ज्यान गयो । कुलजायन र उनको श्रीमतीको शव समुद्रमा भेटिएको छ भने ग्रेगरी अझै बेपत्ता रहेको बीबीसीले जनाएको छ ।

घुस लिँदा रंगेहात पक्राउ परेका ५ ट्राफिक निलम्बित

१६ मंसिर, ललितपुर । ललितपूर सानेपामा घुस लिइरहेका बेला रंगेहात पक्राउ परेका पाँच जना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् ।
सानेपामा भारतीय गाडीमा घुस लिइरहेका बेला पक्राउ परेका ट्राफिक प्रहरी हवल्दार गणेशकुमार श्रेष्ठ सहित ५ जनालाई निलम्बन गरिएको महानगरीय प्रहरी ट्राफिक महाशाखाका प्रवक्ता पवन गिरीले जानकारी दिनुभयो । गिरीका अनुसार उनीहरुमाथि थप कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ । महाशाखाका डिआईजी उपेन्द्रकान्त अर्यालले अनुगमनको क्रममा बिहीबार बेलुकी घुस लिइरहेको अवस्थामा उनीहरुलाई रंगेहात पक्रिनुभएको हो ।