घुस लिँदा रंगेहात पक्राउ परेका ५ ट्राफिक निलम्बित
१६ मंसिर, ललितपुर । ललितपूर सानेपामा घुस लिइरहेका बेला रंगेहात पक्राउ परेका पाँच जना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् ।
सानेपामा भारतीय गाडीमा घुस लिइरहेका बेला
पक्राउ परेका ट्राफिक प्रहरी हवल्दार गणेशकुमार श्रेष्ठ सहित ५ जनालाई
निलम्बन गरिएको महानगरीय प्रहरी ट्राफिक महाशाखाका प्रवक्ता पवन गिरीले
जानकारी दिनुभयो । गिरीका अनुसार उनीहरुमाथि थप कारबाहीको प्रक्रिया अगाडि
बढाइएको छ । महाशाखाका डिआईजी उपेन्द्रकान्त अर्यालले अनुगमनको क्रममा
बिहीबार बेलुकी घुस लिइरहेको अवस्थामा उनीहरुलाई रंगेहात पक्रिनुभएको हो ।
No comments:
Post a Comment
Comment Here