जन्तिका निम्तालु मलामी बन्नु परेपछि…
शनिबार बिहान बिहेको जन्ती जान तयार भइरहेकै बेला बेहुलाको मृत्यु भएको प्रत्यक्षदर्शी गाउँलेले बताए । प्रत्यक्षदर्शी स्थानीय भीमबहादुर मगरका अनुसार थुक सर्किएर अप्ठेरो भयो भनेको केही क्षणमै बेहुलाको मृत्यु भएको थियो । उनलाई उपचार गर्न लानसमेत नभ्याएको उनले बताए ।२४ मंसिर, उदयएक युवकको बिहेमा जन्ती जान जम्मा भएका निम्तालुहरु बेहुलाको मृत्यु भएपछि मलामीमा परिणत भएका छन् । उदयपुरको रिस्कु गाविस वडा नम्बर ५ पाट्नेका ३० वर्षीय प्रकाश गुर्वाछाने मगरको विवाह लगनकै दिन मृत्यु भएपछि उनको जन्ती जान भेला भएका निम्तालु मलामीमा परिणत हुन पुगेका हुन्।
नागरिक दैनिकमा छापिएको समाचार अनुसार बिहेको अघिल्लो रातभर साथी र गाउँलेसँगै घरमा नाचगान गरेर रमाइलो गरी बिताएका उनी बिहानपख सुतेका थिए । सकुशल सुतेका मगर बिहान उठेर शौचालय गएर आएपछि खाटमा पुनः पल्टनेवित्तिकै थुक सर्कियो भन्दै अप्ठेरो भएको बताएका थिए। खाटमा सुतेका उनी थुकले सर्क्यो भन्दै छटपटिदै भुइँमा पछारिएपछि घरका मान्छेले उठाएर पुनः खाटमा राखेलगत्तै उनको बोली बन्द भएको थियो। बोली बन्द भएलको केहीबेरमै उनको धुकधुकी बन्द भएको छिमेकी भिमबहादुरले बताए ।
युवकको हृदयघात वा एपेन्डीक्सका कारण मृत्यु भएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन्। बिहेकै दिन बेहुलाको मृत्यु भएपछि जन्ती जान भेला भएका छिमेकी र आफन्तहरु मलामीमा परिणत हुनुपरेको भिमबहादुरले बताए। उनको शनिबारै दाहसंस्कार गरिएको स्थानीयले बताए।
मगरको रिस्कु ४ स्थित देउलीकुनाकी एक युवतिसँग बिहेको कुरा छिनेर जन्ती जाने तयारी भइरहेको थियो ।
No comments:
Post a Comment
Comment Here