रोल्पा सिमेन्ट सञ्चालनको अन्तिम तयारीमा
१८ कात्तिक, रोल्पा । नेपालकै बिकट
जिल्ला रोल्पामा छिट्टै सिमेन्ट उद्योग सञ्चालनमा आउने भएको छ । रोल्पामा
एकमात्र सिमेन्ट उद्योग रोल्पा सिमेन्ट प्रालि सिमेन्ट उत्पादनको अन्तिम
तयारीमा जुटेको छ । राप्तीका ५ जिल्ला तथा मध्यपश्चिमाञ्चल र
सुदुरपश्चिमाञ्चललाई केन्द्रमा राखेर सिमेन्ट वितरण गर्ने लक्ष्यका साथ तीन
वर्ष अघि स्थापना भएको उद्योगले छिट्टै नियमित उत्पादन गरि सिमेन्ट बजारमा
ल्याउने तयारीमा जुटेको कम्पनीका निर्देशक दिनेश डांगीले बताउनुभयो ।
दसैं अघि नै सिमेन्ट बजारमा लैजाने तयारी
गरिएपनि प्राविधिक कारणले केहि ढिला भएको उहाँले वताउनुभयो । उद्योगबाट
सिमेन्ट उत्पादन गरी आन्तरीक रुपमा गुणस्तर परिक्षणको काम पनि सकिएकोले
अबको एक हप्ता भित्रै बजारमा पुर्याउने लक्ष रहेको डाइरेक्टर डांगीले
बताउनुभयो ।दैनिक २ सय टन अर्थात दैनिक ४ देखि ६ हजार बोरा सम्म सिमेन्ट
उत्पादन गर्ने क्षमता रोल्पा सिमेन्ट प्रालिको रहेको डाँगीले वताउनुभयो ।
कप्पनीले माग अनुसार अर्थमन्त्रालयबाट डेढ
करोड ७० लाख उपलब्ध भई १ वर्ष पहिले सर्वे भैसक्दा पनि विद्युत
प्राधिकरणबाट टेन्डर आहृवान हुन नसक्दा अन्यौलता कायमै छ ।रोल्पा सिमेन्ट
उद्योग झन्डै ४ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । पाँच जनाको लगानी रहेको
उद्योगमा अहिलेसम्म १ अर्व १० करोडभन्दा बढि लगानी भइसकेको छ ।