Tuesday, November 6, 2012


कलंकित आमा-बुबा, जसले छोरीको अनुहारमा तेजाब छ्यापे

आफ्नो सन्तान हरेक आमा-बाबुका लागि आफू भन्दा पनि प्यारो लाग्छ । तर, पाकिस्तानमा यस्ता आमा-बाबु भेटिएका छन्, जसले केटाको अनुहार हेरेको अरोपमा अनुहारमा तेजाब छ्यापेर आफ्नो छोरीको हत्या गरेका छन् ।
कश्मीरको दक्षिण जिल्ला कोटलीको एक गाउँमा बस्दै आएका मोहम्द जफर र उनकी श्रीमतीले हालै मात्र १५ वर्षीया छोरीको हत्या गरेका हुन् ।
छोरीले केटाको अनुहार हर्दा पूरै परिवार कलंकित हुनु परेको उनीहरुको भनाई छ । जफरले बीबीसीसँग भनेका छन्-’एक केटा मोटरसाइकलमा आउँदै थियो । अनुषाले २ पटक उतिर फर्किरु हेरिन् । मैले उनलाई यसो नगर्न भने । मानिसहरु हाम्राबारेमा कुरा काट्छन् किनकी हाम्रो ठूलो छोरी पनि यस्तै गर्थिन ।’
प्रहरीका अनुसार अनुषाको शव ६० प्रतिशतभन्दा बढी जलेको अवस्थामा भेटिएको छ । घटना लगतै आफ्नै छोरीको हत्या गर्ने आमा-बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।
पाकिस्तानको मानवअधिकार आयोगका अनुसार सन् २०११ मा मात्र इज्जतको नाममा ९ सय ४३ महिलाको हत्या भएको छ ।

अमेरिकामा राष्ट्रपतिय चुनाव हुँदै

ओबामा र रोमनीबीच कडा प्रतिष्पर्धा

२१ कात्तिक, काठमाण्डौं । नयाँ राष्ट्रपति चयन गर्न अमेरिकामा आज राष्ट्रपतिय निर्वाचन हुँदैछ । नयाँ राष्ट्रपति बन्ने होडमा रहेका वर्तमान राष्ट्रपति बाराक ओबामा र रिपब्लिकन पार्टीका उमेद्दार मिट रोमनीले प्रतिष्पर्धा गर्दैछन् ।
मतदानका लागि अमेरिकामा अहिले १० करोड नागरिक योग्य छन् । जुन ५ सय ३८ इलेक्ट्रोल मत हो । उक्त मत मध्ये जुन उमेद्दारले दुई सय ७० इलेक्ट्रोरल कलेजको मत पाउँछ उसले नै चुनाव जित्ने छ ।
मतदान अघि गरिएका सर्वेक्षणहरुमा पनि यी दुई प्रतिष्पर्धी बीच बराबरी नतिजा आएकाले आजको निर्वाचनमा अत्यन्तै प्रतिष्पर्धा हुने विश्लेषकहरुको दाबी छ ।
दुवै उमेद्दारले आर्थिक विकास, सुरक्षा अवस्था र विदेश नीतिलाई आफ्नो चुनावी एजेण्डा बनाएका छन् ।
निर्वाचनको अभियानका लागि यस बर्ष अमेरिकामा लाखौ डलर खर्च भएको छ । अमेरिकामा प्रत्येक चार चार बर्षमा राष्ट्रपति निर्वाचन हुनेगरेको छ ।
आजको निर्वाचन जित्ने उमेद्दारले आगामी जनवरी २१ तारिखमा शपथ ग्रहण गरी आफ्नो कार्यभार समाल्नेछन् ।

फेसबुकमा टाइमलाइन प्रोफाइल परिर्वतनको तयारी

यदि केही दिनभित्र फेसबुकको टाइमलाइन प्रोफाइलमा कुनै परिर्वतन भए नआत्तिसुन् । फेसबुकले टाइमलाइन फर्मेटमा केही परिर्वतन गर्ने तयारी गरेको छ ।
प्रयोगकर्ताहरु घटेपछि फेसबुकले केही परिर्वतन ल्याउन खोजेको बताइएको छ ।
केही समयअघि फेसबुकले टाएमलाइनमा परिर्वतन गर्दै प्रयोगकर्ताहरुले दुई कोलम प्रयोग गर्न सक्ने बनाएको थियो । तर, धेरै प्रयोगकर्ताहरुले यसलाई मन पराएनन् ।