Tuesday, November 13, 2012


अब ऋणको ब्याज तिर्दा ‘बार्गेनिङ’ गर्न पाइने

२८ कात्तिक, काठमाण्डौ । बैँकहरुले ग्राहकवाट असुल्ने ब्याजलाई परदर्शी बनाउन राष्ट्र बैँकले आधारम ब्याज दर अबधारणा लागू गरेको छ । निक्षेप र कर्जा दुवैको ब्याजदरलाई आवश्यक स्थानमा राख्ने ब्याजदर सुरुङ ल्याउने तयारी थालेपनि राष्ट्र बैँकले कर्जालाई मात्र पारदर्शी बनाउने दरको सूत्र सार्वजनिक गरेको हो । आधार ब्याजदरको सूत्र अनुसार बैँकहरुलेऋण दिँदा ग्राहकवाट लिने न्यूनतम ब्याजदर निस्कन्छ, जसलाई हेरेर ग्राहकले आफू अनुकुल सस्तो ब्याज दिने बैँकवाट ऋण लिन सक्छन् ।
आधार ब्याज दर सार्वजनिक भएपछि वैँकलाई कम नाफा लिएर ऋण दिन दबाब पर्नेछ, जसका कारण बैँकको नाफा घट्ने देखिएको छ । निर्देशन अनुसार बैँकहरुले आधार ब्याजदर प्रकाशन गर्नुपर्छ,’ राष्ट्र बैँकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने,’यो नयाँ प्रणालीअनुसार बैँकहरुले कति ब्याजमा ऋण दिन सक्छन् भन्ने ग्राहकले थापा हाउने छन् ।’ आजको कान्त्िपुर दैनिकले छापेको छ । हाल बैँकहरुले आफूले दिन सक्ने न्यूनतम ब्याजदर प्रकाशन गर्दैनन् ।
बैँकले लिएको रकम र त्यसमा हुने विभिन्न खर्च समेटेर आधार ब्याजदर निकाल्न्िछ । आधार ब्याजदरको सुत्रमा कोषको लागत, अनिवार्य नगद मौज्दात, बैधानिक तरलत अनुपात, सञ्चालन  लागत र सम्पत्तिमा प्रतिफल राखिएको छ । सुत्र अनुसार बाणिज्य बैँकले महिानको एक पटक आधार ब्याजदरलाई आफ्नो वेबसाइटमा प्रकाशन गर्नुपर्ने छ ।

तिहारमा सित्तैमा बाड्न फूल खेती

२८ कात्तिक, दोलखा । दुःख कुष्टमा जीवन गुजारा गर्ने उत्तरी दुर्गम झ्याकुकी सुनीतालाई हरेक तिहारमा गाउँलेलाई फूल बाड्ने सोख छ । त्यसैले उनी आँगन र बारीका कान्लाहरुमा फूल खेती गर्छिन् । तेह्र बर्षकी सुनीता कार्कीको आफ्नो जीवन भने कहाली लाग्दो छ तर तिहारमा अरुको घरमा खुसी ल्याउन हरेक वर्ष गाउँलेका लागि फूल रोप्न उनलाई जाँगर लाग्छ । झ्याकु ३ की उनी वृद्ध हजुरबा र हजुरआमाको सहारमा छिन् ।
टुहुरासरह जीवन गुजारा गर्ने उनका दाजु परदेशमा छन् । ‘आफ्नो घरमा तिहारको खुसी नआए पनि अरुका लागि फूल स्याहार्दै छु,’मलिन अनुहारमा भनिन् । बिहे भएर गएकी दिदीले पठाइदिएको खर्चमा पढ्ने र खानका लागि खेती र सहयोगको भर पर्नुपर्ने उनको घर वरपर अहिले बगैँचाजस्तै आकर्षक छ ।ढुंगामाटाका दुई गते घरभित्र जति दुःख भएपनि बाहिरी वातावरण भने सुन्दर लाग्छन् । पीडाका वीच पनि फूल लिन आउनेहरुलाई सुनीता त्यसै दिएर पठाउँछिन् । सुनीता भन्छिन्,’ गाउँका धेरै आउँछन् तर कसैसंग पनि पैसा लिन्न ।’ आजको कान्तिपुर दैनिकले समाचार छापेको छ । गोदावरी, मखमली, पुपारी फूलहरुले सानो घर वरपर बसुँबसुँ लाग्छ ।
कोदो फलेको बारीका कान्लाभरि फूल फुलेका छन् । एकपटक लगाएर सामान्य गोडमेल गरेपछि धेरै फूल आफै उम्रेर फूल्छन् । सुनीताको भनाईमा केही केहीभने फेरि रोप्नुपर्छ । कक्ष सातमा पढ्दै गरेकी सुनीता बिहान बेलुकी भान्छाको काम गर्छिन । स्कुल नगएका बेला मेलापात समेत गर्नुपर्छ । बृद्ध बाजेबज्यैको स्याहार्ने काम पनि उनकै थाप्लामा छ । आमा अर्कै ब्यक्तिसंग बिहे गरी गएपछि सुनीताले भेटेकी छैनन् ।

यसरी गरे एमाओवादी र सरकार बजेट ल्याउन दौडधूप

 २८ कात्तिक, काठमाण्डौ । सत्तारूढ गठबन्धन र विपक्षी दलहरूबीच सहमति नजुटेपछि बजेट अन्योलमा परेको छ । सत्तारूढ गठबन्धनले दलहरूबीच सहमति नजुटे पनि सोमबार बजेट ल्याउने निर्णय गरेको थियो । तर, कांग्रेस, एमालेलगायत विपक्षी दलहरूको असहमति र राष्ट्रपतिको आग्रहपछि अन्तिम अवस्थामा सरकार पछि हटेको हो ।
बजेट ल्याउन सत्तारूढ दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले अन्तिम अवस्थासम्म दौडधुप गरेका थिए । अध्यक्ष दाहालले सोमबार कांग्रेस र एमालेका शीर्ष नेतासँग बजेटको विषयमा छलफल गरेको थियो भने अर्थमन्त्री वर्षमान पुनले राष्ट्रपति रामवरण यादवसँगको भेटवार्ता गरेका थिए । अर्थमन्त्री पुनले राष्ट्रपति यादवसँग भेटवार्ता गरेपछि सहमतिका लागि थप पहल गर्ने भन्दै सोमबार ३ बजेका लागि डाकिएको मन्त्रिपरिषद् बैठक स्थगन गरिएको थियो । राष्ट्रपतिसँगको भेटमा सहमतिमा मात्र बजेट ल्याउन आग्रह गरिएको र शीर्षस्थ तीन दलका नेताहरूको बैठकमा समेत सहमति जुट्न नसकेपछि सहमतिमा बजेट ल्याउने आशयका साथ सरकार पछाडि हटेको हो ।आजको सौर्य दैनिकमा समाचार छ ।
 सत्तारूढ गठबन्धनले सोमबार जसरी भए पनि बजेट ल्याउने तयारी गरेको थियो । मन्त्रिपरिषद्को बैठक पनि ३ बजेका लागि तय भइसकेको थियो । त्यसअघि बजेटबारे अर्थमन्त्री वर्षमान पुन र प्रधानमन्त्री डा। बाबुराम भट्टराईबीच छलफल भएको थियो । करिब साढे ४ खर्ब रुपियाँको बजेटको तयारी अर्थ मन्त्रालयले गरिसकेको थियो । आसन्न चुनावका लागि करिब १० अर्ब, मल अनुदानस्वरूप ३ अर्ब, मध्यपहाडी लोकमार्गका लागि २ अर्ब, सिक्टा सिंचाइका लागि १ अर्ब रुपियाँसहितको बजेट ल्याउने तयारी प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा अर्थ मन्त्रालयले गरेको थियो । अर्थमन्त्री वर्षमान पुनले सोमबार दिउँसो १ बजे राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङसमेत गरे पनि ३ बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठकबाट पारित गराउने कार्यक्रम नै स्थगन गरिएको हो । सरकारले ३ बजेको मन्त्रिपरिषद् बैठकबाट बजेट पारित गरेर राष्ट्रपतिलाई बुझाउने तयारी गरेको थियो ।
यसअघि माओवादीले नै प्रधानमन्त्री र अर्थमन्त्रीलाई तिहारअघि नै बजेट ल्याउन निर्देशन दिएको थियो ।त्यसलगत्तै शनिबार सत्तारूढ दलहरूको गठबन्धनले सोमबारसम्म बजेटमा सहमति जुटाउन पहल गर्ने र सहमति भए पनि नभए पनि सोमबार नै मन्त्रिपरिषद् बैठकले बजेट पारित गरी राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको थियो । सत्तारूढ दलहरूको तयारीअनुरूप नै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेतृत्वलाई बजेटबारे छलफल गर्न बोलाएका थिए । तर, कांग्रेस-एमालेले बजेटका विषयमा मात्रै छलफल नगर्ने भन्दै दाहालले बोलाएको बैठक बहिष्कार गरेका थिए । सोमबार पनि अध्यक्ष दाहाल र अर्थमन्त्री वर्षमान पुनले अन्तिम अवस्थासम्म सहमतिका लागि दौडधुप गरेका थिए । तर, सहमति नजुटेपछि एमाओवादी पछि हटेको थियो ।

टेलिकमको द्रुत गतिको इन्टरनेट सेवा वाइम्यक्स सञ्चालनमा

२७ कात्तिक, काठमाण्डौ । नेपाल टेलिकमले द्रुत गतिको ताररहित इन्टरनेट सेवा वाइम्यक्स सोमवारवाट सञ्चालनमा ल्याएको छ । वाइम्याक्स नेपालमा उपलब्ध इन्टरनेट सेवा मध्ये सवैभन्दा उच्च गतिको इन्टरनेट सेवा भएको टेलिकमको दावी छ । २ सय ५६ किलो बिट प्रतिसेकेन्ड स्पिडमा इन्टरनेट चलाउन मिल्ने यो सेवा युएसबी मोडेमको प्रयोगबाट एक जनाले डेक्सडप र ल्यापटममा चलाउन सकिन्छ भने इनडोर र आउटडोर  सिपिईको प्रयोगबाट धेरै जनाले प्रयोग गर्न सक्छन् ।
टेलिकमले प्रारम्भिक चरणमा वाइम्याक्स सेवा राजधानीका  व्यापारिक प्रतिष्ठान, अस्पताल, शैक्षिक तथा बित्तीय संस्था, कुटनीतिक नियोग, सरकारी एवम् गैरसरकारी  निकायलाई मात्र वितरण गर्ने  जनाएको छ । टेलिकमले वाइम्याक्स सेवा सुरु गर्न गत फागुनमा अमेरिकी कम्पनी  एअर स्पानसँग सम्झौता गरेको थियो ।
यस्तै यो सेवा पश्चिम क्षेत्र अन्तर्गतको पोखरा र भैरहवामा सेवा सञ्चालन गर्ने र सेवा प्रारम्भ गरेको एक वर्ष भित्र मुलुकभर सेवा पुर्‍याउने टेलिकमको लक्ष्य छ । टेलिकमले विश्वविद्यालय, अस्पताल, रेष्टुरेन्ट, एयरपोर्ट, पार्क, सपिङ्ग मल, वसपार्क, तथा पर्यटकहरुको आवतजावत वढी हुने क्षेत्रहरुको पहिचान गरी करिब १५ सय स्थानमा बाइफाइ हटस्पट निर्माण गरिने बताएको छ ।

विमानस्थलमा हवाई सूचना प्राप्त गर्ने नयाँ प्रविधि जडान

२७ कात्तिक, काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इन्टरनेटको माध्यमबाट सम्पूर्ण हवाईसम्बन्धी सूचना आदानप्रदान गर्न सकिने एयर ट्राफिक सेवा सन्देश परिचालित (एएमएचएस) प्रणाली र नयाँ उडान योजना, २०१२ को आज शुभारम्भ गरिएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयले सन् २००० मा जडान गरिएको पुरानो प्रविधिको प्रणालीलाई अन्तर्राष्ट्रिय नागरिक उडड्यन सङ्गठन -आइकाउ) एसिया प्रान्त क्षेत्रीय हवाई उडड्यन योजनाअनुरुप सो प्रणाली स्थापना गरिएको हो । यो प्रणालीलाई ‘एटिएस म्यासेज हृयान्डलिङ सिस्टम’ नामाकरण गरिएको छ । एयरवेज अन्तर्राष्ट्रिय न्युजिल्यान्डको सहयोगमा नमुना र विस्तृतीकरण गरी अन्तर्राष्ट्रिय बोलपत्रका आधारमा रु ९ करोडको लागतमा सो प्रणाली जडान गरिएको सोमवार राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइएको छ ।
आइकाउले नोभेम्बर १५ सम्ममा यो प्रणाली जडान गरिसक्न हवाई उड्डयन प्राधिकरणलाई परिपत्रसहितको निर्देशन दिएको थियो । जसअनुसार पुरानो प्रविधिलाई प्रतिस्थापन गरी यो प्रणालीलाई जडान गरिएको हो । नेपालको हवाई सञ्जाललाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्नका लागि यो प्रविधि कोशेढुङ्गा सावित हुने र यो प्रविधिमार्फत भारतको मुम्बई र चीनका बेइजिङसँग सिधै सम्पर्क कायम गरी हवाई उडानसम्बन्धी सम्पूर्ण सूचनाको आदानप्रदान गर्न सकिनेछ ।
यो प्रविधिमा आइकाउबाट निर्देशित नयाँ उडान योजना, २०१२ अनुरुप सञ्चालन क्षमता रहेको, एयर ट्राफिक नियन्त्रणका लागि आवश्यक पर्ने उडान स्टि्रपहरु स्वचालितरुपमा सुविधा उपलब्ध भएको, मौसमलगायतका जानकारी सहजरुपमा प्राप्त गर्न सकिनेछ । त्यस्तै, मुलुकका आन्तरिक दशवटा विमानस्थलहरुसँगको सञ्जाललाई पनि यो प्रविधिले जोड्ने छ । सो प्रणालीको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री पोष्टबहादुर बोगटीले अहिलेको युग सूचना र प्रविधिको युग भएकाले नयाँ नयाँ प्रविधिलाई आत्मसात् गर्दै हवाई उडानलाई सुरक्षित र विश्वसनीय तथा भरपर्दो बनाउने प्रयास भइरहेको बताउनुभयो ।
उहाँले हवाई उडड्यन क्षेत्र प्राविधिक र प्रविधिसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्र भएकाले यस क्षेत्रमा नयाँ नयाँ प्रविधिहरुको प्रयोग हुनु स्वभाविक भएको उल्लेख गर्नुभयो । सो मन्त्रालयका सचिव यज्ञप्रसाद गौतमले पुरानो प्रविधिलाई छाडेर नयाँ प्रविधिलाई आत्मसात् गर्दै दक्ष प्राविधिक र जनशक्तिका साथ काम गर्नुपर्ने आवश्यकता औँँल्याउनुभयो । हवाई विभागका महानिर्देशक त्रिरत्न मानन्धरले चार वर्षको अथक प्रयासमा उच्चस्तरीय नयाँ सूचना प्रविधिको स्थापना गराउन प्राधिकरणका कर्मचारीहरुको प्रयासमा सफलता मिलेकोमा खुशी व्यक्त गर्नुभयो ।
सो अवसरमा प्राधिकरणका उपनिर्देशक हंशराज पाण्डे, प्राधिकरणका इन्जिनियर सञ्जिवसिंह कठायत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका महाप्रबन्धक रतिशचन्द्रलाल सुमनलगायतले जडान गरिएको नयाँ प्रविधिका बारेमा विस्तृत व्याख्या गर्नुभएको थियो । नेपालको हवाई सेवा भ्वाइस रेकर्ड प्रणाली, डाटा प्रणाली हुँदै अहिलेेको प्रविधिमा पुगेको हो । नेपालले हवाई सेवासम्बन्धी कोलकाता हुँदै मुम्बईबाट मात्र अन्तर्राष्ट्रिय हवाई उडानका बारेमा जानकारी प्राप्त गर्दै आएकोमा अब नयाँ प्रविधिको जडानपछि चीनको बेइजिङबाट समेत सहजरुपमा यस किसिमका सूचनाहरु प्राप्त हुनेछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वर्षेणी ४३ लाख व्यक्तिहरुले हवाई सेवा प्राप्त गरिरहेका छन् भने अहिले वाषिर्क यो विमानस्थलमा एकलाख दुई हजार हवाई उडान हुँदै आएका छन् । सो विमानस्थलमा दैनिक १८ घण्टासम्म सञ्चालन रहने र औषत प्रति डेढ मिनेटमा एउटा उडान हुने गर्दछ ।

मंगलवारदेखि तीन दिन मुलुकभर २४ सै घण्टा विजुली !

२७ कात्तिक, काठमाण्डौ । मंगलवारवाट तीन दिन मुलुकभर लोडसेडिङ नहुने भएको छ । उज्यालो पर्वका रुपमा लिएको तिहारलाई मध्यनगर गर्दै नेपाल विद्युत प्राधिकरणले तिहारको प्रमुख तीन दिन लक्ष्मी पूजा, गोवर्धन पूजा र भाइटीकाको दिन लोडसेडिङ नगर्ने भएको हो ।
कुलेखानी जलाशयबाट सञ्चालन हुने दुवै आयोजनाबाट विद्युत् उत्पादन गरी तिहारको तीन दिन मंगलबार, बुधबार र बिहीबार मुलुकभर चौबीसै घन्टा बिजुली दिइने ऊर्जा मन्त्रालयका सचिव हरिराम कोइरालाले जानकारी दिनुभयो ।
 ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको कुलेखानी दोस्रो जलाशययुक्त आयोजना चौबीसै घन्टा चलाएर भएपनि तीन दिन मुलुकभर लोडसेडिङ नगरिने उहाँले वताउनुभयो ।

चीनसंग शून्य भन्सार सुविधासम्बन्धि सम्झौतामा हस्ताक्षर

२७ कात्तिक, काठमाण्डौ । चीन र नेपालवीच नेपाललाई दिने शून्य भन्सार सुविधासम्बन्धि द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमवार एक कार्यक्रमकावीच आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशी र नेपालका लागि चिनियाँ राजदूत याङ हाउलानले हस्ताक्षर गर्नुभएको छ ।
हस्ताक्षारपछि सचिव जोशीले चीनले नेपाललाई दिएको सुविधाबाट दुई देशबीचको व्यापार घाटा न्यून गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै चीनलाई नेपालमा लगानी बढाउन आग्रह गर्नुभयो । यसैगरी  नेपालका लागि चिनियाँ राजदूत हाउलानले नेपालबाट चीन निर्यात हुने ९५ प्रतिशत सामग्रीमा शून्य भन्सार दरको सुविधा दिएको उल्लेख गर्दै नेपालको निर्यात वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
यस व्यवस्थाले २०१३ सम्ममा चीन निकासी हुने वस्तुमध्ये २६६ भन्दा बढी वस्तुहरूले चीनको बजारमा शून्य भन्सारमा प्रवेश पाउने छन् । चीनले विविध वस्तुमा तीन प्रतिशतदेखि ३५ प्रतिशत भन्सार लिँदै आएको थियो ।  सम्झौता पछि नेपाललाई चीननले सात हजार सात सय ८७ वस्तुमा भन्सार छुट उपलब्ध गराउने छ । नेपाललाई चार हजार सातसय २१ वस्तुमा त्यस्तो सुविधा उपलब्ध गराउँदै आएको थियो । चीनले नेपाललगायत अल्पविकसित मुलुकहरूलाई उक्त सुविधाअन्तर्गत ती देशका उत्पादनलाई शून्य भन्सार सुविधा दिँदै आएको छ ।

‘पात्तिएका’ पण्डित सपार्न परिवारको बिलाप

सत्तचरित्र फलाक्ने गुरु कुबाटोमा लागेको आरोप

२७ कात्तिक, काठमाडौं । श्रीमद्भागवत फलाकेर दुनियाँलाई सत्चरित्र र सत्मार्गमा लाग्न प्रेरित गर्ने पण्डित नै खराब बाटोमा लागेपछि उनका परिवार हैरान भएका छन् । देशबिदेशमा पुगेर पुराण भट्याउने युवा पुराण वाचक पण्डित दीनबन्धु पोखरेल तरुनीको चक्करमा लागेपछि परिवारका सदस्यलाई छटपटी बढाएको हो । लौ पण्डितलाई सपार्नुपर्यो, यसले घरपरिवार बिगार्यो, श्रीमती र छोरीलाई बिचल्ली बनायो, मानसम्मानमा नै आघात पार्यो भनेर उनका परिवार हारगुहार गर्दैछन् ।
साढे तीन वर्षअघि रुपन्देही मुर्गियाकी बिमलासँग बिहाह गरेका पोखरेलकी तीन वर्षकी छोरी समेत छिन् । बिहे गरे लगत्तै श्रीमतीलाई हेलाँ गर्न थालेका उनी परस्त्रीसँग लागेका उनका परिवारका एक सदस्यले अनलाइनखबरलाई बताए । पण्डित पोखरेलले श्रीमती बिमला र छोरी दिविसालाई चितवनको बैरियामा राखेका छन् । छोरी र श्रीमतीलाई चितवनमा थन्क्याएर पण्डित पोखरेल भने तरुनी फेर्दै हिँड्ने गरेको उनकै परिवारको आरोप छ ।
पण्डितका परिवारका अनुसार दीनबन्धुले तनहुँ डुमे्रकी यशोदासँग विवाह गर्ने वाचा गरेका छन् । यशोदासँग मात्रै होइन, काठमाडौं कलंकीकी लक्ष्मी घिमिरेसँग पनि उनको लसपस छ । लक्ष्मीलाई त उनले कलंकीमा घर नै बनाइदिएका छन् । ‘पुराण भन्ने कलाका कारण धेरै युवती उनीप्रति हुरुक्कै हुन्छन्, अनि दीनबन्धु पनि केटी भनेपछि कसैलाई छाड्दैनन्, कतिपटक त हामीले रंगेहात नै फेला पारेका छौं’ अनलाइनखबरसितको कुराकानीमा उनका परिवारका एक सदस्यले भने ।
पुराण भन्ने क्रममा दीनबन्धुले आफ्नो पछाडि तीनजना सुन्दरी युवतीलाई राख्नैपर्ने नियम बनाएका हुन्छन् । तीमध्ये एउटीलाई मन्त्र सिकाउने नाममा बन्द कोठामा लैजाने नियमले चितवन र स्याङ्जामा हल्लीखैली नै मच्चाएको थियो । सबैबाट हाइहाइ कमाएका पण्डितको यो चर्तिकला सार्वजनिक हुन थालेपछि अहिले उनलाई पुराणमा निम्ता आउन पनि कम हुन थालेको छ । ‘पहिले उनलाई भ्याईनभ्याई हुन्थ्यो, अहिले त थोरैले मात्र बोलाउँछन्’ परिवारका एक सदस्यले भने-’बाबु नारायणप्रसाद पोखरेलको प्रतिष्ठालाई समेत उनले आँच आउने काम गरेका छन्, उनी सुधि्रन सकून् भन्ने मात्र हाम्रो कामना हो ।’
आर्थिक मामिलामा पनि उस्तै दाग
दीनबन्धु पनि बाबु नारायणप्रसाद जस्तै पुराण भट्याएर आर्थिक संकलन गर्न खप्पिस छन् । त्यसैले विद्यालय, क्याम्पस, अस्पताल जस्ता भवन निर्माण र सामाजिक कामको लागि उनलाई श्रीमद्भागवतको लागि बोलाईन्छ । श्रीमद्भागवत भट्याएर दीनबन्धुले लाखौं, करोडौं रकम संकलन पनि गरिदिएका छन् । तर उनले दान दक्षिणा दिन बाध्य पार्ने र पारिश्रमिक धेरै लिने गरेको गुनासो छ ।
दीनबन्धुकै टीममा काम गर्ने उनका एकजना नजिकका व्यक्तिका अनुसार पुराण भनेपनि उनले व्यक्तिगत रुपमा ३,४ लाख रुपैंया पारिश्रमिक माग्छन् । भजन टोलीलाई छुट्टै साढे दुईलाख दिनुपर्छ । यसरी रकम जोहो गरेर उनले रुपन्देही मणिग्राममा एककरोड ६५ लाख रुपैंया बराबरको जग्गा खरिद गरेका छन् । चितवन, काठमाडौंका बिभिन्न ठाउँमा पनि उनले घरघडेरी जोडेका छन् ।
‘धर्मको नाममा दीनबन्धुले कुकर्म गरेका छन्, बाबुले कमाएको इज्जतमा समेत दाग लगाउँदैछन्, लौन उनलाई कसरी सुधार्ने’ परिवार बिलौना गर्दै यताउता भौंतारिँदैछन् ।

रोक लगाउनु कहाँ छ, उल्टै इन्स्पेक्टरले नै बाँडे ८० हजारको पटाका

२८ कात्तिक, वीरगञ्ज । गृह मन्त्रालयले तिहारमा पटाकाको ओसार पसार विक्रिी र प्रयोग गर्न रोक लगाएकेा छ । तर वीरगञ्जको वडा प्रहरी कार्यालय विर्ताका इन्स्पेक्टर सुजन जोशीले तिहारको उपहार भन्दै आफ्ना नातागोता, दलका नेता र सञ्चारकर्मी समेतलाई पटाका पाडेका छन् । पोके तस्कर, व्यापारी र सर्वसाधारणवाट प्रहरीले खोसेर लिएको पटाका इन्स्पेक्टर जोशीले आफ्ना हितैषीहरुलाई दीपावलीको उपहारस्वरुप बाँडेका हुन् ।
तीन चार दिनको अवधिमा प्रहरीले विभिन्न स्थानवाट बरामद गरेकामध्ये इन्स्पेक्टर जोशीले करिब ८० हजार मूल्य बराबरको पटाका बाँडिसकेको स्रोतले बतायो । जोशीले आइतबार र सोमवार पटाका बाँडेका हुन् । सोमबार विहान बडा प्रहारी कार्यालय विर्तामा छिरेका वीरगञ्जका एक दैनिक पत्रिकाका प्रकाशक तथ सम्पादक पटाकासहितको झोला दिलएर निस्कीदै थिए । जोशीले सोमवार मात्रै करिव १२ जना पत्रकार र आफ्ना चिनजानका व्यक्तिलाई उपहारस्वरुप पटाका बाडेको कार्यालयकै एक जवानले नाम नवताउने सर्तमा जानकारी दिए । आजको सौर्य दैनिकले समाचार छापेको छ ।
जोशीले पटाका नभई केही व्यक्तिलाई भिरभिरे बाँडेको दाबी गरे । उनले भने,’ मैले पटाका बाँडेको होइन, केही अभिभावकले केटाकेटीले जिद्दी गरे गरेको भन्दै अनुरोध गरेपछि दुई चारवटा प्याकेट भिरभिरे दिएर पठाएको हुँ ।’ आफूसंग थुप्रै व्यक्तिले पटाका मागेपनि नदिएको उनको भनाई छ । उनले भने,’ पटाका माग्ने आउनेमा ९९ प्रतिशत पत्रकार नै थिए ।’