Thursday, November 22, 2012


३ लाख जनता जाँच्न एक विशेषज्ञ !


विश्वमा नै नसर्ने रोग अर्थात् मुटु रोगले अहिले नेपालमा पनि आतंक मच्चाइरहेको छ । नेपालकै परिपेक्षमा हेर्ने हो भने ३ लाख जनसंख्यामा १ जना मुटुरोग विशेषज्ञ पर्न आउँछ । अझ गाउँमा पुग्दा कार्डियोलोजिसटको संख्या शून्इ रहेको मुटुरोग विशेषज्ञ तथा धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. राजेन्द्र कोजू वताउनुहुन्छ । यस्तो गम्भीर विषयमा राज्यले कसरी सम्वोधन गर्ने भन्ने वारे चिन्तन गर्नुपर्ने बेला आइसकेको डा कोजू वताउनु हुन्छ ।
उहाँ भन्नुहुन्छ,’झन्डै ३ करोड जनसंख्इा रहेको नेपालमा जम्मा ९२ जना मात्र मुटु रेाग विशेषज्ञ छन् । कुल जनसंख्या मध्ये ३० लाख भन्दा बढि जनता काठमाण्डौ उपत्यकामा मात्र बस्छन् । यी जनसंख्याको वीच ९२ जनामा ६० जना मुटुरोग विशेषज्ञ काठमाण्डौमा बस्छन् । यो संख्यालाई हेर्ने हो भने ४५ हजार जनताका लागि १ जना कार्डिओलोजिस्ट हुन आउँछ । आजको नेपाल समाचार पत्रमा समाचार छ ।
यही संख्यालाई विराटनगर गएर हुर्ने हो भने २ लाख जनसंख्या बराबर १ जना कार्डियोलोजिस्ट भागमा आउँछ । डा कोजू भन्नुहुन्छ,’मुटुरोगको तालिम, जनचेतना र अनुसन्धान वढाउने कार्यमा सरकार लागिपर्नु पर्छ । नेपालभरी १६ लाख भन्दा बढी मुटुका रोगी छन् ।


कैलालीमा काँग्रेस कार्यकर्ताको हत्या


७ मंसिर, कैलाली । कैलालीमा नेपाली काँग्रेसका कार्यकर्ताको हत्या भएको छ । अज्ञात समूहले गएराति १२ बजे मालाखेती-२, का पूर्व गाविस अध्यक्ष समेत रहेका ५५ वर्षीय दिर्घराज भट्टको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
अज्ञात समुह एक्कासी घरभित्र प्रवेश गरी सुतिरहेका भट्टलाई उनकै कोठामा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको भनाई छ । अनुसन्धानका लागि भन्दै प्रहरीले सोही गाउँका  जानकी मलासी तथा उनका छोरा सुरेश, मनोज र महमद महिसरलाई अनुसन्धानका लागि पक्राउ गरेको छ ।
यसअघि  करिव दुई महिना अघि पनि भट्टमाथि आक्रमणको प्रयास भएको थियो । भट्टको शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतला लगिएको प्रहरीले जनाएको छ । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राई नेतृत्वको जनजाति पार्टीको घोषणा आज


एमाले र काँग्रेस परित्याग गरेका जनजाति नेताहरूले बिहीबार अशोक राईको अध्यक्षतामा ‘संघीय समाजवादी पार्टी’को घोषणा हुँदैछ । विहीवार नेपाः बैङ्कवेट नयाँ बजारमा दिउँसो १२ बजे पत्रकार सम्मेलन गरी नयाँ पार्टीको नेतृत्व, विधान र झण्डा सार्वजननिक गर्न लागिएको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
एमाले काँग्रेस लगायतका पार्टी परित्याग गरेका नेताहरुसँग वार्ता जारी नै रहेकाले थप पदाधिकारीहरुको टुंगो लाग्न बाँकी रहेको श्रेष्ठले वताउनुभयो । पार्टी घोषणा कार्यक्रममा काँग्रेस परित्याग गरेका जनजाती नेताहरु समेत सहभागी हुने वताइएको छ । पूर्व कांग्रेसी नेतालाई पार्टीमा दोस्रो पद दिने तयारी भएको वताइएको छ ।
एमाले परित्याग गरेका नेताहरुको बाहुल्यता रहने नयाँ पार्टीमा पूर्व कांग्रेस र नेकपा एकीकृतका पनि नेताहरु सहभागी हुने बताइएको छ । नेता श्रेष्ठका अनुसार पूर्व सांसद दूर्गामणि देवानको नेतृत्वमा २५ भन्दा बढी नेता आउने पक्का भएको छ भने नेकपा एकीकृतबाट राधा तिमल्सिनासहितका नेताहरु सहभागी हुनेछन् ।सैद्धान्तिक विवादका कारण चैतन्य सुब्बा नेतृत्वको जनजाति अगुवा र कुमार राईसहितका कांग्रेस त्यागेका नेताहरु भने सहभागी नहुने भएका छन् ।